मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

रासस 657+ समाचार ( )
२८ फाल्गुन २०८२, बिहीबार

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि पूर्णरुपमा बन्द हुनेभएको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकास्थित सिस्ने भीरमा सडक स्तरोन्नति गर्ने कार्य सुरु हुने भएको हुँदा कारण आगामी चैत १ देखि चैत ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरिएकोे हो ।

सडक डिभिजन कार्यालय पाल्पाको २०८२ फागुन २८ गतेको पत्रअनुसार उक्त राजमार्गको अति संवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक कटिङ गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढेकाले दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । 

प्रशासनले सो सडक स्तरोन्नतिको काम गर्दा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरी आवागमनका गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न आग्रह गरेको छ । सडक स्तरोन्नतिको काम सम्पन्न गर्न सहयोगका लागि सरोकारवालालाई अनुरोध गरेको छ । प्रशासनले आज सार्वजनिक रुपमा सूचना जारी गरी उक्त सडक एक महिना २४सै घण्टा बन्द रहने जनाएको हो । सडक डिभिजन कार्यालय पाल्पाले गत माघ २६ देखि फागुन १५ गतेसम्म आंशिक रुपमा सडक बन्द गरी स्तरोन्नतिको काम गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार