मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

डिजिटल पेन्टसले दुईवटा नयाँ उत्पादन बजारमा

Ujyalosandeshonline 12547+ समाचार ( )
२४ श्रावण २०८१, बिहीबार

विराटनगर । पूर्वी नेपाललाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापित भएको डिजिटल पेन्टसले दुईवटा नयाँ उत्पादन बजारमा ल्याएको छ । एक समारोहबीच पेन्टसले वाल गार्ड रोयल एक्सेरियर इमल्सन पेन्ट र डिजिटल ड्याम गार्ड उत्पादन बजारमा ल्याएको हो ।

अत्याधुनिक पोलियुरिथिन टेक्नोलोजी, सिलिकन टेक्नोलोजी, क्याक प्रुफ टेक्नोलोजी साथै वाटर प्रुफिङ समेत रहेको वाल गार्ड रोयल एक्स्टेरियर इमल्सन पेन्ट १२ वर्ष पफर्मेन्स वारेन्टी रहेको जनाइएको छ । कम्पनीका अनुसार १ लिटरदेखि २० लिटर साइजमा मिडियम ह्वाइट, डार्क र एल्लो कलरमा उक्त उत्पादन उपलब्ध हुनेछ ।

त्यस्तै, पेन्ट्सले सार्वजनिक गरेको अर्को उत्पादन डिजिटल ड्याम गार्डले सिपेजको समस्या तथा नुनीया लगायतका समस्यालाई न्यूनीकरण गर्ने जनाइएको छ । ग्राहकहरूको मागलाई मध्यनजर गर्दै नयाँ दुई उत्पादन बजारमा ल्याएको डिजिटल पेन्टसका सीईओ देवीप्रसाद गौतमले बताए ।

कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा उच्च गुणस्तर का इमल्सन पेन्ट्स लगायत ४६ भन्दा बढी उत्पादनहरू बिक्री वितरण गर्दै आएको उनले बताए । कोशी प्रदेश का ८५ भन्दा बढी आधिकारिक डिलरहरूमार्फत ग्राहकहरूलाई सहुलियता मूल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार