मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

सतलोक आश्रममा ९ नव जोडीको दाईजोमुक्त विवाह सम्पन्न

Ujyalosandeshonline 12457+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

जनकपुर । धनुषाको मिथिला नगरपालिका– २, बेलाचापीस्थित सतलोक आश्रममा ९ नव जोडीको दाईजोमुक्त विवाह सम्पन्न भएको छ । सन्त रामपालजी महाराजको सान्निध्यमा सन्त गरीबदासजी महाराजको २९९ औं बोध दिवसको अवसरमा उनीहरुको दाईजोमुक्त विवाह सम्पन्न भएको हो ।

सन्त रामपालजी महाराजको सान्निध्यमा गरिने नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) मा कुनै सरसामान तथा नगद लेनदेन नहुने तथा बेहुला वा बेहुली दुवै पक्षको कुनै पनि खर्च नहुने आश्रमले जनाएको छ ।

समाजबाट दाइजो रूपी कुप्रथालाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यस्ता विवाह हुने निरन्तर हुने गरेको छ । यस्ता विवाहले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको र समाज परिवर्तित भैरहेको आश्रमले जनाएको छ ।

साथै आश्रममा उपस्थित अनुयायीहरुले नेपाल रेडक्रस सोसाइटीकालागि ६६ यूनिट रक्तदान पनि गरेका छन् । सन्त गरीबदासजी महाराजको बोध दिवसका अवसरमा सतलोक आश्रम धनुषा लगायत भारतका सम्पूर्ण ११ सतलोक आश्रमहरुमा तीन दिवसीय विशाल महाभण्डाराका साथै विभिन्न सामाजिक कार्यहरु भएको हो ।

मंगलबार (आज) आयोजित विशाल धार्मिक भण्डारा कार्यक्रममा विशिष्ट व्यक्तित्व, राजनीतिज्ञ, समाजसेवी, कर्मचारी लगायत करीब ५ लाख जति श्रद्धालुहरुको उपस्थिति रहेको आश्रमले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार