मुख्य समाचार
धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना |

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल

Ujyalosandeshonline 11869+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

थियानजिन, चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच आज चीनको थियानजिन शहरमा भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ ।

दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्यापार, पूर्वाधार र सांस्कृतिक सम्बन्धका विषयहरूलाई छलफल भएको हो ।

उक्त भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ । साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा समेत राखेको  परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । 

सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार