मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

शनिबार देखि जिल्ला स्तरीय सुपर लिग

Ujyalosandeshonline 12537+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

भैरहवा । शनिबारदेखि भैरहवामा जिल्लास्तरीय सुपर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता हुन लागेको संघका सचिव सञ्जय गुरुङ्गले  बताए । 

प्रतियोगितामा जिल्लाका २० क्लबको सहभागिता रहनेछ । जसमा ए डिभिजनका ८ क्लब छन् भने बी डिभिजनका १२ क्लब छन् । प्रतियोगिताको सुरुमा बी डिभिजनका १२ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट उत्कृष्ट दुई टिमलाई छनौट गरी ए डिभिजनका टिममा समावेश गरी १० टिमबीच सुपर लिगमा प्रतिस्पर्धा गराइने सचिव गुरुङ्गले  बताए ।

प्रतियोगितामा विजेता क्लबले नगद १ लाख प्राप्त गर्ने छ भने उपविजेताले नगद ५० हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यान र उदयमान खेलाडीले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार दुई सय रुपैयाँ प्राप्त गर्ने छन् । 

कार्तिक २४ देखि सुरु हुने प्रतियोगितामा बि डिभिजनका खेल खेलाईने र ए डिभिजनका खेलहरु नेपाल प्रिमियर लिग पछि मात्र खेलाईने संघका अध्यक्ष हरि बहादुर थापाले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । 

प्रतियोगिताका संयोजक एवम संघका कोषाध्यक्ष निरज प्रताप खाँणका अनुसार खेल ५० ओभरको हुनेछ भने प्रतियोगिता भर कुल ३१ वटा खेल हुनेछन् ।

२०५३ साल देखि सञ्चालित रुपन्देही सुपर लिग नेपालमै रुपन्देहीमा मात्र हुने गरेको र यस क्षेत्रको गौरवको रुपमा रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार