मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

मध्यरात्रीमै भयो प्रकृतिको अन्तिम संस्कार

Ujyalosandeshonline 12548+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

भैरहवा । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रुपमा मृत्यु भएकीे नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार राती नै गरिएको छ । 

उनलाई भैरहवाको स्वर्गद्वारी घाटमा अन्तिम विदाई गरिएको हो । मध्यरात्रीमै अन्तेष्टि गरिए पनि उनको अन्तेष्टिमा सर्वसाधारणहरुको ठूलो उपस्थिति रहेको थियो । 

भारतबाट गोरखपुर हुदै करिब ९ बजे नै प्रकृतिको पार्थिकव शरिर भैरहवा आई पुगेको थियो । उनको बुवा लगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो । 

करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर वडा नम्बर ८ मा ल्याई त्यहा अन्तिम श्रद्धान्जली दिई १२ बजे पछि मात्र बाहिर निकालिएको थियो । शवयात्रामा आफन्त संगै उनलाई अन्तिम श्रद्धान्जली दिन कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत् उनका सहपाठीहरुको पनि उपस्थिति रहेको थियो । शवलाई राती नै भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु¥याएर  उनको अन्तेष्टि गरिएको थियो । प्रकृतिलाई उनको हजुरबुवा देवनाथ लम्सालले मुखाग्नी दिएका थिए । 

२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको यहि आईतबार शंकास्पद रुपमा मृत्यु भएको थियो । उनको शव भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा झुण्डिएको अवश्थामा फेला परेको थियो । यस सम्बन्धमा भारतीय प्रहरीले एकजनालाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार