मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

डिप्रेसनको उपचारपछि पनि किन आत्महत्या ?

Ujyalosandeshonline 12614+ समाचार ( )
२८ पौष २०८०, शनिबार

काठमाडौं । डिप्रेसन (अवसाद) बाट ग्रसित व्यक्तिहरूले ४ वर्षको अवधिमा आत्महत्या गरेको एक अध्ययनले देखाएको छ ।

डिप्रेसनले छोएपछि उपचारबाट केही सुधार भएपनि उनीहरुले आत्महत्या गरेको कोरियन फाउन्डेसन फर सुसाइड प्रिभेन्सनले गरेको अध्ययनले स्पष्ट पारेको छ ।

त्यस्ता पीडित व्यक्तिले उपचार पाएपनि आत्महत्याको बाटो रोजेको अध्ययनबाट थाहा भएको उल्लेख छ । पीडित २१० व्यक्तिहरूको अध्ययनपछि प्राप्त तथ्यांकको बृहत् विश्लेषणले यस्तो नतिजा देखाएको बताईएको छ ।

फाउन्डेसनले सन् २०१५ देखि २०२२ सम्ममा परिवारका सदस्य र सहकर्मीसँग अन्तर्वार्ता लिई आत्महत्याको कारण पत्ता लगाउने र सुसाइड नोटको विश्लेषण गरी मनोवैज्ञानिक पोस्टमार्टममार्फत तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।

औषधि उपचार पाएपछि पनि ६ महिनाभित्र ५४ र एक वर्षभित्र ८१ जनाको मृत्यु भएको अध्ययनले देखाएको छ ।

 व्यवसायिक रुपमा असफल भएर आर्थिक तनावमा परेका  व्यक्तिहरूले डिप्रेसन उपचारदेखि मृत्युसम्मको छोटो अवधिमा तनाव भने नभोगेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

पीडितहरुले अवसादको लक्षणहरू देखिएपछि मृत्यु हुनुभन्दा तीन महिना अघि निद्रामा कठिनाइ भोगेको पनि बताईएको छ ।

‘यी निष्कर्षहरूलाई सम्बोधन गर्न, अवसादको लागि निरन्तर प्रारम्भिक हस्तक्षेपको लागि वातावरण स्थापना गर्न महत्वपूणर् छ,’ अध्ययनमा संलग्न विज्ञहरुले सिफारिस गरेका छन् ।

अन्वेषकहरूले पीडितहरुको प्राथमिक हेरचाह गर्ने चिकित्सकहरूको लागि आत्महत्या शिक्षा र तालिम जस्ता उपायहरू लागूगर्न र डिप्रेसन क्लिनिकहरूमा बिरामीहरूलाई जोडेर एन्टीडिप्रेसेन्ट पे्रस्क्रिप्शनहरूको तुरुन्त स्वीकृति प्रदान गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार