मुख्य समाचार
गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा | एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार ! | बझाङमा एमालेका दमन भण्डारी निर्वाचित | डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति | लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी | साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ | कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख | अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग | सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी |

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा

Ujyalosandeshonline 2393+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

काठमाडौं । नेपालमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ । नेपाल पर्यटन बोर्ड र यूएसएडले संयुक्त रुपमा यस्तो अभियान सुरु गरेको घोषणा गरे ।

काठमाडौंमा एक समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु गरिएको हो । सामाजिक संजालको अधिक प्रयोग गरी नेपालको पर्यटनका सम्भावना र आकर्षणलाई विश्वव्यापी प्रचार गर्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको कार्यक्रमा जानकारी गराइयो । 

भिजिट नेपाल २०२० अभियानका संयोजक एवम व्यवसायी सुरज बैद्यले नेपाल देश सानो भएपनि विश्वका लागि उत्कृष्ट गन्तब्य भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्नुपर्ने बताए । नेपालस्थित अमेरिकी राजदूत डिन आर। थम्पसनले नेपालको आकर्षण र विविधतालाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न अमेरिका सँधै तयार रहेको जानकारी दिए । 

पर्यटन मन्त्रालयका सचिब डा.दिपक काफ्लेले सुरु भएको अभियानमा सरकारले आवश्यक सहयोग गर्दै  विदेशी निकायसँगको सहकार्यमा नेपालको प्रवद्र्धन गर्न आतुर रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डकी कार्यकारी प्रमुख नन्दिनी थापा साथै युएसएडकी प्रज्ञन अधिकारील अभियानमाका बारेमा प्रष्ट पारे ।

घोषणा गरिएको अभियानमा काठमाडौं, पोखरा, बर्दिया र इलामका पर्यटकीय आकर्षणबारे सोसल मिडिया अभियन्ता, स्टेकहोल्डरमार्फत स्टोरीटेलिङ प्रस्तुत गर्दै विश्वलाई नेपालको समृद्ध सम्पदा र विविध संस्कृति देखाउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार