मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

नागरिकताबारे संविधानका धारा नै विभेदपूर्ण लाग्छन् : रेखा शर्मा

Ujyalosandeshonline 12444+ समाचार ( )
४ पौष २०८१, बिहीबार

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनका कुराहरु उठाउँदा धेरैबाट अपमानित हुनु परेको बताएकी छन् । बिहीबार ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा बोल्दै उनले समानताका दृष्टिकोणले सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान भएको बताएकी हुन् ।

उनले भन्नि, ‘नेताहरुको पितृसतात्मक दृष्टि कस्तो छ भनेर नजिकबाट बुझेको छु । नागरिकताको विषयमा कुरा गर्दा नै  रक्त अशुद्घता हुन्छ भन्छन् । रक्त अशुद्घताका र शुद्घताका कुरा धेरै सुन्यौं । विदेशीसँग विवाह गरेकी  महिलाबाट जन्मेको सन्तानको रगत शुद्घ हुँदैन भन्ने भाष्य धेरै सुनेको छु । समानताका दृष्टिकोणले हेर्दा सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान छ । तर यसको विषयमा कुरा गर्दा धेरैचोटी अपमानित भएका समेत छौं ।’

साथै उनले हरेक कुरामा महिला पुरुषबीच समानता हुनुपर्ने बताइन् । उनले विगतको भन्दा अहिलेको संविधान उत्कृष्ट भएको बताइन् । यसैगरी शर्माले संविधानमा नागरिकताको  विषयमा समस्या छ भन्ने कुरामा हामी कोही पनि असहमत नभएको जिकिर गरिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार