मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

तनावपूर्ण स्थिति नियन्त्रणमा लिन हवाई फायर

रासस 666+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा आज साँझ दुईपक्षबीचको विवाद नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको हो । होली मनाउने क्रममा दुई टोलका युवाबीच उत्पन्न विवाद समान्य तुल्याउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि पनि कुटपिट भएको थियो । त्यस क्रममा असई डबल साउद घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको टाउकामा चोट लागेको छ । उनीहरुले जिल्ला प्रहरी कार्यालयको गाडीमा क्षति पुर्‍याएका छन् ।दुई टोलका युवाबीच पुरानो रिसइबीको निहुँमा आज होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्ररुप लिएको स्थानीयको भनाइ छ । झडपका क्रममा घाइते कालुराना थारुलाई उपचारका लागि अस्पताल पु¥याइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार