मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

लोकतान्त्रिक अधिकारहरुको दुरुपयोग भइरहेको छ : उपमहासचिव ज्ञवाली

Ujyalosandeshonline 12611+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताएका छन् । राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हक सम्बन्धी कानूनको अभ्यास बिषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको सहि र मर्यादीत प्रयोग भएमात्र लोकतन्त्र सुदृढ हुन सक्ने भन्दै लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताएका हुन् । 

उनले भने,‘लोकतन्त्रको सहि र मर्यादीत प्रयोग भयो भने मात्र लोकतन्त्र सुदृढ हुन्छ । कहिलेकाँही लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको देखिन्छ । मिस इन्फरमेसन, डिसइफरमेसनहरु, डिक फेकहरु, फेक न्यूजहरुले सिङ्गो दल,दलका नेताहरु यो हतियार प्रयोग भएको छ । त्यस कारणले यो लोकतन्त्रलाई मर्यादित कसरी बनाउने, लोकतन्त्रले दिएको अधिकारलाइ सहि सदुपयोग हुने व्यवस्था कसरी बनाउने भन्ने कुरालाई हेर्नुपर्छ ।’

त्यस्ते उनले दलहरुको बृहत उत्तरदायित्व आम जनतासँग सम्बन्धित रहने भएकाले उनीहरुले गलत गरे जनताले दण्डीत गर्ने व्यवस्था रहेको बताए । दलहरुको आम्दानिको स्रोतको बारेमा प्रश्न उठ्दै गर्दा दलहरुको आर्थिक जिवनलाई पारदर्शी गर्ने हो भने स्ट्रेट फन्डिङको बिषयलाई जोडेर हेर्नुपर्ने उनको भनाई छ ।

उनले भने,‘संविधान मातहत रहेर, कानून मातहत रहेर नै उनीहरुले काम गर्ने हुन् तर उनीहरुको बृहत उत्तरदायित्व आम जनतासँग सम्बन्धित हुन्छ । उनीहरुले गलत गरे भने जनताले दण्डीत गर्ने निर्वाचनबाट गर्ने व्यवस्था पनि छ । यदि दलहरुले गल्ती गरे प्रचलित कानूनबाट पनि दण्डित हुन्छ । सँगसँगै आम जनताले सार्वभौम ऐन अनुसार ५÷५ बर्षमा आफ्नो अधिकार प्रयोग गर्दा त्यहानेर पनि गर्छन् । दलहरुको आम्दानीको स्रोतको बारेमा प्रश्न उठ्दै गर्दा दलहरुको आर्थिक जिवनलाई पारदर्शी गर्ने हो भने स्टेट फन्डिङको बिषयलाई जोडेर हेर्नुपर्छ । संविधानका सबै दफाहरु एकआपसमा स्वतन्त्र पनि हुन्छन् एकआपसमा अन्तरसम्बन्ध पनि छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार