विदेश पठाउने नाममा ९४ लाख ठगी गर्ने दुई जना पक्राउ

रासस 691+ समाचार ( )
१२ अशोज २०८३, सोमबार

काठमाडौँ ।  वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु ९४ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङका ईश्वर खतिवडा र लमजुङका खर्वा तामाङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार खतिवडाले स्लोभानिया र माल्दिभ्स पठाइदिने भन्दै २५ जनाबाट रु ८५ लाख ठगी गरेको आरोप लागेको छ । रकम लिएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए ।

त्यस्तै, तामाङले जापान पठाइदिने भन्दै एक जनाबाट रु नौ लाख लिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खतिवडालाई काठमाडौँ महानगरपालिका–२६ बाट र तामाङलाई काठमाडौँ–९ सिनामङ्गलबाट पक्राउ गरिएको हो । उनीहरु माथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार