मुख्य समाचार
सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने |

साई ग्लोबल कपः राममणि र युनिक होमलाई सफलता

Ujyalosandeshonline 11519+ समाचार ( )
२१ पौष २०८१, आइतबार

भैरहवा । राममणि क्याम्पस र युनिक होम रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । आइतबार भएका दुई खेलमा राममणिले लुम्बिनी इन्जिनियरिङ कलेजलाई २५ रन र युनिक होमले न्यु होराइजन (ए) लाई ६ विकेटले पराजित गर्दै विजयी भएका हुन् ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राममणिले मौसमका कारण १९ ओभरमा छोट्याइएको खेलमा सबै विकेट गुमाउँदै ९९ रन बनायो । उसका लागि थमन सिंजालीले २४, शिवकुमार मौर्यले १९ र रुपेश कुर्मीले १३ रन बनाए । बलिङमा लुम्बिनी इन्जिनियरिङका विनोद गौतमले ४, आशिष भुसालले ३ तथा निरज विष्ट र विपिन न्यौपानेले १–१ विकेट लिए ।

लुम्बिनी इन्जिनियरिङले ८ विकेटको नोक्सानीमा जम्मा ७४ रन बनाउँदै हार व्यहोर्यो । उसका लागि विशाल न्यौपाने र प्रशान्त न्यौपानेले समान १६ तथा सचिन देवाकोटाले ११ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन् । बलिङमा राममणिका विकल अधिकारीले ३, रुपेश कुर्मी, आरिक केसी र तुल्सीराम भण्डारीले समान १–१ विकेट लिए । खेलमा विकल अधिकारी प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

अर्को खेलमा टस हारेर ब्याटिङ गरेको न्यु होराइजन (ए)ले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १० रन बनायो । उसका लागि अमर मिश्राले ५९ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा युनिक होमका निश्चल चौधरीले ३, अरुण सिंहले २ तथा सविर आलम, इकलाख अहम्मद वारिस र फैजन खानले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको युनिक होमले १९ ओभरमा ४ विकेट गुमाउँदै १ सय १४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा निश्चल चौधरीले ४७, सन्तोष यादवले २१ र इकलाख अहम्मद वारिसले अविजित १८ रन बनाए । बलिङमा न्यु होराइजन (ए)का महेश भरले २ तथा राहुल नाउले १ विकेट लिए । खेलमा निश्चल चौधरीले प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार