रौतहट । रौतहटको सदरमुकाम गौरस्थित ऐतिहासिक बरहवा ताल परिसरमा नवनिर्मित सूर्य र वराह मन्दिरको उद्घाटन गरिएको छ। गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ता दम्पतीले धार्मिक विधिपूर्वक पूजाअर्चना गर्दै मन्दिरहरूको उद्घाटन गर्नुभएको हो। तालको सौन्दर्यीकरण र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएका यी मन्दिरहरूले भक्तजनलाई पूजाआराधना गर्न सहज बनाउने विश्वास गरिएको छ।