भैरहवा । रुपन्देही जिल्लामा कार्यरत कर्मचारीहरुको साझा संस्था कर्मचारी मिलन केन्द्र, रुपन्देही को अध्यक्षमा प्रेमराज पोख्रेल चयन भएका छन् । केन्द्रको बुटवलमा सम्पन्न अधिवेशनले पोख्रेल नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा चयन भएका पोख्रेल आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत हुन् ।
त्यस्तै उपाध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत मञ्जुकुमारी जैसी ढकाल, सचिवमा राजस्व अनुसन्धान कार्यालयमा कार्यरत विवेक घिमिरे, कोषाध्यक्षमा प्रदेश प्रमुख कार्यालका युवराज पौडेल र सह–सचिवमा कृषि सामग्री कम्पनी लिमिडेट सुमन पन्थी चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा यातायात व्यवस्था कार्यालय सवारीमा कार्यरत नविनकुमार घिमिरे, जिल्ला प्रशासन कार्यालयका विक्रम थापा, नेपाल विद्युत प्राधिकरणका खेम लम्साल, हेभी इक्वीपमेन्ट डिभिजन कार्यालयका शिव कुमार पंगेनी, सडक डिभिजन कार्यालयका विष्णु बेल्वासे, बुटवल उपमहानगरपालिका कार्यालयका लेखनाथ पोखरेल, पर्यटन विकास परिषद्को सीता पोखरेल, सैनामैना नगरपालिका कार्यालयका सुरज न्यौपाने, पर्यटन डिभिजन कार्यालयका नेत्र भुसाल र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कल्पना अर्याल चयन भएका छन् । चयन भएको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ ।