मुख्य समाचार
ठूलो परिमाणमा लागूऔषधसहित परासीमा एक पक्राउ | रुपन्देहीमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ | ‘बोर्डर इन्टरयाक्सन टिम’लाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी प्रमुखको निर्देशन | गृह मन्त्रालयद्वारा सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू फिर्ता, कफ्र्यु जारी | गौतमबुद्ध लायन्सद्वारा भैरहवामा वृक्षारोपण | सुनसरी झडप: गोली लागेर युवकको मृत्यु भएपछि देवानगञ्जसहित पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु | नेपाल सि एम ए संघका प्रदेशस्तरीय भेला सम्पन्न, | दैलेखमा प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग वितरण | एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति | नेपालतर्फ तस्करी गर्न लागिएको १३ लाखको जुत्ता-चप्पल भारतीय प्रहरीको नियन्त्रणमा |

प्रदेश स्तरीय कबड्डीमा सुनसरी अगाडि

Ujyalosandeshonline 11826+ समाचार ( )
२० असार २०८१, बुधवार

विराटनगर । मोरङको विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । 

ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका थिए । सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल हार्दै ३ अंक प्राप्त गरेको छ । झापा र मोरङले २–२ अंक प्राप्त गर्दा १ खेलमा जित १ खेलमा हारेका छन् । इलाम १ खेलमा जित निकाल्दै २ अंक प्राप्त गरेको छ । उदयपुरले १ खेलमा बराबरी र १ खेल हार्दै १ अंक प्राप्त गरेको छ । 

त्यसैगरी, धनकुटा, संखुवासभा, तेह्रथुम र ओखलढुंगा कुनै पनि खेलमा नतिजा निकाल्न नसक्दा अंकविहीन अवस्थामा छन् । प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । समूह ‘ए’मा मोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर र धनकुटा छन् । समूह ‘बि’मा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र ओखलढुंगा छन् । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् । 

बुधबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद विकास बोर्डले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार