मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |
मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |


केपी ओली कपमा अत्तरिया र मालपोखरी विजयी

Ujyalosandeshonline 11768+ समाचार ( )
२ वैशाख २०८२, मङ्गलबार

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लबले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको ११ औं दिन समूह ‘डी’ तर्फ मंगलबार भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले हराएको हो । १४०  रनको विजयी लक्ष्य पाएको अत्तरियाले १८.२ ओभरमा ६विकेट गुमाउँदै १४१ रन बनायो । 

ओपनर अभिशेषक पललाई शुन्यमै गुमाएको अत्तरियाका लागि दोस्रो ओपनर विपिन रावलले इनिङ उकास्ने प्रयास गर्दा २६ रनमा आउट भए । चौथो विकेटका लागि क्रिजमा पुुगेका टेक रावतले उत्कृष्ट प्रदर्शनी गर्दै ६१ रनको अविजित पारी खेले । उनले ४२ बलमा ९ चौका र १ छक्का प्रहार गरे । 

हिकमत महर १३ रनमा अविजित रहे । उनले ८ बलमा ३ चौका प्रहार गरे । निश्चल क्षेत्री ५, अर्जुन विक १६, खगेन्द्र जोशी  ८ र वसन्त खत्री १ रनमा आउट भए । होरिजोनका लागि तुलबहादुर थापा र सुवम खनालले २÷२ तथा महेश भार र निर्मल गुरुङले १–१ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजोन क्रिकेट क्लबले १९.१ ओभरमा १० विकेट गुमाउँदै १४० रन बनायो । होरिजोनको सुरुवात राम्रो हुन सकेन । दुवै ओपनरलाई शुन्यमा गुमाएको होरिजोनका लागि चौथो विकेटका लागि आएका कमल विष्टले इनिङ उकास्ने काम गरे । विष्टले ३९ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ४६बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

विप्रस केसीले ३५ रन बनाउँदै नटआउट रहे । उनले १५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । नरबहादुर सार्की २७ रनमा आउट भए । उनले १३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । निर्मल गुरुङले १३ रन जोडे । ओपनर निश्चल ज्ञवाली र अमर मिश्र शुन्यमै पेभिलियन फर्किए । सुमन पाण्डे १, तुुलबहादुुर थापा ४, आरिफ खान ५, महेश भार १ र सुुवम खनाल ३ रनमा आउट भए । अत्तरियाका लागि बसन्त खत्रीले १.१ ओभरमा ४ रन दिदैँ ३ विकेट लिए । भोजराज भट्टले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सुशिल साउदले २ तथा हिकमत महर र अर्जुुन विकले समान १÷१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच टेक रावत घोषित भए । 

मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । १२९ रनको विजयी लक्ष्य पाएको मालपोखरीले १७.३ ओभरमा ६ विकेट गुमाउँदै १३१  रन बनायो ।  ओपनर आतिश दासलाई ९ रनमा गुमाएको मालपोखरीका लागि तेस्रो विकेटका लागि क्रिजमा आएका विजय गुुप्ताले ५९ रनको उत्कृष्ट पारी खेल्दै रन आउट भए । 

उनले ४६बलमा ८ चौका र २ छक्का प्रहार गरे । डब्लुमलिक १० रनमा आउट भए । सोहन कुमार यादव १३, रनभिर यादव १४ र जितेश मन्डल शुन्यमा आउट भए भने चन्दन यादव र आशिष सिग्देल समान ४ रनमा नटआउट रहे । सुन्दर हरैचाका लागि समिर कार्कीले २ तथा सन्दिप ढुंगाना, प्रकाश कार्की र ओमकार यादवले १÷१ विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ थालेको सुन्दर हरैचाले २० ओभरमा १२८ रन बनाउँदै अलआउट हुन पुुग्यो ।  समिर कार्कीले ३१ रन बनाए उनले १९ बलमा २ चौका ३ छक्का प्रहार गरे । मिर्नल गुरुङ १९, मनिष थापा १०, रुपक बराल १७, गौरव कटवाल १४ सन्दिप ढुंगाना १४ रनमा आउट भए । ओपनर रितेश राय १, रोहन शाह ५, ओमकार यादव १, समिर तिम्सिना  २ रनमा आउट भए । 

मालपोखरीका लागि सिराज हवारी र जितेश मन्डलले २–२ तथा सनिदप खड्का, पंकज यादव र सोहन कुमार यादवले समान १–१ विकेट लिए । मालपोखरीका विजय गुप्ता प्लेयर अफ दी म्याच घोषित भए । २ खेलमा २ जित हासिल गरेको अत्तरिया ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । २ खेलमा १ जित १ हार सहित २ अंक रहेको होरिजन रन रेटको आधारमा दोस्रो स्थानमा रहँदा मालपोखरी तेस्रो स्थानमा रहेको छ । 

सुन्दर हरैचा २ खेलमा २ हारसहित तालिकाको पुछारमा रहेको छ । प्रतियोगिताअन्तरगत समूह चरणको अन्तिम खेलमा भोलि समूह डी कै खेल हुनेछन् । पहिलो खेलमा होरिजोनले सुन्द हरैचाको सामना गर्ने छ भने अत्तरियाले मालपोखरीको सामना गर्नेछ । समूहको शीर्ष टोली अन्तिम चारमा पुुग्ने छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार