पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाँडास्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले करिब ८५ हजार रुपैयाँ बराबरको भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा लिएको छ। बुटवलबाट बागलुङको बेनीतर्फ जाँदै गरेको लु २ ख ६९७६ नम्बरको हाईस गाडीलाई प्रहरी चौकी दोभानबाट खटिएको चेकिङ टोलीले उक्त सामान बरामद गरेको हो। भन्सार छली ल्याइएका १०९ थान कुर्था र ५१ थान साडी गरी अन्दाजी ८५ हजार ४५० रुपैयाँ बराबरको कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो।