मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

अभौतिक सांस्कृतिक सम्पदामा नेपाल धनी छ, संरक्षणमा जुटौं : मन्त्री तामाङ

Ujyalosandeshonline 11768+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौं । सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल अभौतिक सांस्कृतिक सम्पदामा धनी देश भएकाले यसको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । 

आइतबार अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारी सम्बन्धी राष्ट्रिय परामर्श गोष्ठीलाई सम्बोधन गर्दै उनले जनसङख्याको हिसाबले नेपाल सानो भएतापनि अरु ठूला मुलुकमा सम्भव नभएका सांस्कृतिक सम्पदाहरु पाउन सकिने बताए । सोही कारण अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा नेपालको जिम्मेवारी र दायित्व अरुको भन्दा बढि हुने बताए । 

‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि महासन्धिलाई नेपाल १५ जुन २०१० मा अनुमोदन गरेको हो । हाल १८३ राष्ट्रिहरुले यसलाई अनुमोदन गरिसेकका छन् । विश्वको अन्य धेरै जनसङख्या भएका ठूला राष्ट्रहरुसँग तुलना गर्दाखेरी पनि हामी साना र्छौं भन्ने लाग्छ तर भौगोलिक रुपले साना भएपनि हाम्रो नेपाल अभौतिक सांस्कृतिक सम्पदाको हिसाबले ज्यादै धनी देश हो, ’उनले. भने,‘किनकी भौगोलिक, जातीय र भाषिक रुपले जसरी विविधता बाँडिएको छ । त्यो विविधता यति धेरै सांस्कृतिक सम्पदाहरु पाउन सक्छौं कि जो अरु ठूला मूलुकमा सम्भव हुँदैन् । यिनै विविधताका कारण अभौतिक सांस्कृतिक सम्पदामा धनी र समृद्धशाली मुलुक हो । त्यसैले पनि हाम्रो जिम्मेवारी र दायित्व अरुको भन्दा बढि हुन्छ ।’

उनले सूचना, संकलनका आधारमा सामुहिक सहभागिताबाटै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि प्रतिवेदन तयार गरी पेस गरिने भएकाले सबै प्रतिनिधिहरुलाई सक्रिय सहभागिताका लागि आग्रह गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार