मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

अभौतिक सांस्कृतिक सम्पदामा नेपाल धनी छ, संरक्षणमा जुटौं : मन्त्री तामाङ

Ujyalosandeshonline 12612+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौं । सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल अभौतिक सांस्कृतिक सम्पदामा धनी देश भएकाले यसको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । 

आइतबार अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारी सम्बन्धी राष्ट्रिय परामर्श गोष्ठीलाई सम्बोधन गर्दै उनले जनसङख्याको हिसाबले नेपाल सानो भएतापनि अरु ठूला मुलुकमा सम्भव नभएका सांस्कृतिक सम्पदाहरु पाउन सकिने बताए । सोही कारण अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा नेपालको जिम्मेवारी र दायित्व अरुको भन्दा बढि हुने बताए । 

‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि महासन्धिलाई नेपाल १५ जुन २०१० मा अनुमोदन गरेको हो । हाल १८३ राष्ट्रिहरुले यसलाई अनुमोदन गरिसेकका छन् । विश्वको अन्य धेरै जनसङख्या भएका ठूला राष्ट्रहरुसँग तुलना गर्दाखेरी पनि हामी साना र्छौं भन्ने लाग्छ तर भौगोलिक रुपले साना भएपनि हाम्रो नेपाल अभौतिक सांस्कृतिक सम्पदाको हिसाबले ज्यादै धनी देश हो, ’उनले. भने,‘किनकी भौगोलिक, जातीय र भाषिक रुपले जसरी विविधता बाँडिएको छ । त्यो विविधता यति धेरै सांस्कृतिक सम्पदाहरु पाउन सक्छौं कि जो अरु ठूला मूलुकमा सम्भव हुँदैन् । यिनै विविधताका कारण अभौतिक सांस्कृतिक सम्पदामा धनी र समृद्धशाली मुलुक हो । त्यसैले पनि हाम्रो जिम्मेवारी र दायित्व अरुको भन्दा बढि हुन्छ ।’

उनले सूचना, संकलनका आधारमा सामुहिक सहभागिताबाटै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि प्रतिवेदन तयार गरी पेस गरिने भएकाले सबै प्रतिनिधिहरुलाई सक्रिय सहभागिताका लागि आग्रह गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार