मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री

दान बहादुर बुढा 45+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

मुगु । खाद्य व्यवस्था तथा व्यापार कमपनी लिमिटेडले मुगुमा एकवर्षमा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री गरेको छ । पछिल्लो समय मुगुमा सडक सञ्जालको विस्तार राम्रो भएसँगै सरकारको स्वामित्व रहेको खाद्य कम्पनीले यहाँ पर्याप्त मात्रामा खाद्यान्न पठाउने गरेको छ ।

मुगुस्थित खाद्य कम्पनीको शाखा कार्यालय, खत्याड डिपो, सोरुकोट डिपो, पुलु डिपो र विक्री केन्द्र रातापानी, कालै सहकारीमार्फत आव २०८१÷८२ को अन्त्य सम्म १२ करोड ८७ लाख ४९ हजार १५२ रुपैयाँ बराबरको १६ टन खाद्यान्न विक्री गरिएको हो । खाद्यले चामल, तेल, दाल, चीनि लगायत खाद्यान्न विक्री गरेको जनाएको छ ।

गत वर्ष भन्दा पछिल्ला वर्षहरुमा संस्थानको खाद्यान्न बढी विक्री भएको वार्षिक अभिलेखमा देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका प्रमुख केशव गिरीले बताएका छन । बजारको खाद्यान्न भन्दा खाद्यले बेच्ने खाद्यान्नको मूल्य सस्तो पर्ने भएकाले दैनिक करिब १५० जना सम्म खाद्यान्न खरिद गर्न आउने गरेका खाद्य गिरीले बताए । 

उनका अनुसार हाल खाद्य गोदाममा करिब ३ टन खाद्यान्न मौज्दात रहेको छ ।  जिल्लामा सबैभन्दा बढी स्टीम जिरा मसिनो चामल, अरुवा मोटा, भिटा मिषण चामलको बढी माग रहेको छ । कुनैबेला सरकारले चामल पठाउन नसक्दा भोकमरी हुने मुगु जिल्लाका विभिन्न स्थानहरुमा यतिबेला खाद्यान्न सहज भएसँगै स्थानीयहरुलाई सहज वातावरण सिर्जना भएको छ । 

स्थानीय बजारमा भन्दा खाद्य कम्पनीबाट सस्तो मूल्यमा खाद्यान्न खरि गर्न पाउँदा स्थानियवासीहरुलाई सहज भएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १३ का सर्जन बढुवालले बताएका छन । यहाँका अधिकांश स्थानीयहरुले आफैंले उब्जाएको अन्नले वर्षमा ४÷५ महिना मात्रै खान पुग्ने भएकाले उनीहरु खाद्य कम्पनीले बेचने गरेको सहुलियत सहितको खाद्यान्नमा भरपर्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार