मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कोशी प्रदेशमा खेलकर्मीको सम्मान

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ असार २०८२, शनिबार

विराटनगर  । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुदको विविध क्षेत्रबाट योगदान पुर्याउने १०१ जना व्यक्तित्वलाई शनिबार विराटनगरमा सम्मान गरेको छ । पत्रकार, उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीहरूसमेत सम्मानित भएको कार्यक्रममा जनही ५ हजारदेखि १२ हजार रुपैयाँसम्मको नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

पत्रकारितामार्फत खेलकुद प्रवर्धनमा विशेष योगदान दिने अभयकुमार राई, सुमन सुस्केरा, रमेश समदर्शी, रमा दाहाललगायतलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरियो । उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई निजी क्षेत्रबाट खेल प्रवर्धनमा पु¥याएको योगदानका लागि जनही ११ हजार रुपैयाँसहित सम्मान गरियो । 

पूर्वअन्तर्राष्ट्रिय खेलाडी धीरेन्द्र प्रधान, सिद्धान्त लोहनी, महेश रिजाल, लवभक्त श्रेष्ठ, जितेन्द्र चौधरी, किरण लामा तामाङलगायतलाई समेत दीर्घकालीन योगदानको कदर स्वरूप सम्मान गरियो ।

सम्मान समारोहमा प्रमुख अतिथि रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल पूर्वाधार निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा खेल मन्त्रालयका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए । ‘यो बजेट विगतको तुलनामा दोब्बर हो, जसको ठूलो हिस्सा पूर्वाधार निर्माणमा खर्च हुनेछ ।’ मन्त्री चौधरीले स्पष्ट गरे।

उनले ’स्कुलदेखि ओलम्पिकसम्म’ कार्यक्रममार्फत विद्यालयस्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म प्रतिस्पर्धी खेलाडी उत्पादनमा सरकार प्रतिबद्ध रहेको बताए । मैदान, ट्र्याक, स्वीमिङ पुल, कभर्ड हल लगायत संरचना निर्माणमा तीव्रता दिइने पनि उनले उल्लेख गरे । कार्यक्रममा सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राई, उपाध्यक्ष विन्ध्या कार्की र सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार