मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

अनलाइन ठगी गर्ने नौ जना प्रकाउ

Ujyalosandeshonline 11878+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

हेटौंडा । हेटौंडामा अनलाइन ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका उक्त गिरोहलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालका अनुसार, हेटौंडा उपमहानगरपालिका वडा नं. ४ पारिजातपथमा “मेडि असिष्ट” नामक कम्पनी खोलेर अनलाइन ठगीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको थियो । छापाका क्रममा भारतीय मूलका ९ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।

पक्राउपर्नेहरूमा २८ वर्षीय नवनीत कुमार, २७ वर्षीय शाहरुख खान, २९ वर्षीय कुन्दन कुमार , २६ वर्षीय आशिष कब्डौला , ३४ वर्षीय विशाल कक्कड , ३८ वर्षीय लोकेश कुमार दुवे, २९ वर्षीय विकास कुमार सिंह, २८ वर्षीय अरुण कुमार र ४० वर्षीय कुनाल शर्मा रहेका छन्। यी सबै भारतका विभिन्न राज्यका बासिन्दा हुन्।

छापाका क्रममा प्रहरीले विभिन्न कम्पनीका ७ थान ल्यापटप, १३ थान मोबाइल, हार्ड डिस्क, राउटर लगायतका उपकरणहरू बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खुलेको तथ्य अनुसार यो गिरोहले गत वर्ष फागुन १० गते हेटौंडा उपमहानगरपालिकामा द्रबिन कुमार सिंहको नाममा “मेडि असिष्ट” कम्पनी दर्ता गरेको थियो । कम्पनीले परामर्श सेवा प्रदान गर्ने उद्देश्य राखेको भए पनि वास्तवमा अनलाइन ठगीको कारोबार गर्दै आएको पाइएको प्रहरी उपरीक्षक रिजालले बताए ।

प्रहरीले यस कम्पनीमा १२ जना भारतीय नागरिकहरू कार्यरत रहेको र तीमध्ये ३ जना फरार रहेको उनले जानकारी दिए । अनुसन्धानका क्रममा यो गिरोहले भारतको राँचीमा रहेको मुख्य कार्यालयसँग जडान गरिएको “द्रुत कल क्लाइन्ट सफ्टवेयर” प्रयोग गरी ठगी गर्ने गरेको खुलेको उपरीक्षक रिजालले बताए । यस सफ्टवेयर मार्फत नेपाली तथा विभिन्न देशका व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यक्तिगत जानकारी संकलन गरी भारत पठाउने गरेको उनले बताए । प्रहरीले यस घटनालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कसुर मानेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै