मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

Ujyalosandeshonline 12611+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निश्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा सतर्कता अपनाउन वरिष्ठ अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित ‘निर्वाचन लक्षित वरिष्ठ अधिकृत सम्मेलन’मा महानिरीक्षक अर्यालले निर्वाचन प्रहरीलाई मर्यादित र सभ्य व्यवहार गर्दै परिचालित हुन निर्देशन दिनुभयो । उहाँले ‘फिल्ड’मा खटिएका ‘कमाण्डर’ निर्वाचन लक्षित सुरक्षा कारबाही गर्न स्वतन्त्र रहेको बताउनुभयो । निर्वाचनमा सशस्त्र प्रहरी कर्मचारीले कुनैपनि राजनीतिक दलको पक्ष नलिई उम्मेदवारसँग सम्पर्कमा रहिरहन आदेश दिनुभयो ।

सम्मेलनमा निर्वाचन सुरक्षा चुनौती, विद्यमान परिस्थतिलगायत विविध विषय र निर्वाचनका समयमा कुनैपनि मानवीय क्षति हुन नदिनेतर्फ अन्य सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सम्मेलनमा सशस्त्र प्रहरीका सम्पूर्ण बाहिनीपति ‘भर्चुल’ माध्यमबाट सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार