मुख्य समाचार
ओमसतियामा सार्वजनिक सुनुवाइ: 'चुस्त प्रशासन र भ्रष्टाचारमुक्त गाउँपालिका हाम्रो प्राथमिकता' | ओमसतियामा कानुनी प्रशिक्षण सम्पन्न: 'कानुनको अज्ञानता क्षम्य हुँदैन' | ‘सुकुम्वासी नागरिकको दीर्घकालीन समाधान खोज्नुपर्छ’ | कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन | ‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’ | पत्रकारमाथि अश्लील शब्द प्रहार गर्ने प्रधानाध्यापकलाई निलम्बन गर्न माग | ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन | कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण | रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल | पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने |

ओमसतियामा सार्वजनिक सुनुवाइ: 'चुस्त प्रशासन र भ्रष्टाचारमुक्त गाउँपालिका हाम्रो प्राथमिकता'

Ujyalosandeshonline 11206+ समाचार ( )
२५ वैशाख २०८३, शुक्रबार

ओमसतिया । ओमसतिया गाउँपालिकालाई जनमुखी, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यका साथ वडा नं. ५ स्थित सतियामाई मन्दिरको प्राङ्गणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को व्यवस्था बमोजिम गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण र आर्थिक अनुशासनका विषयमा नागरिकको राय संकलन गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव 'सोनु' को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्थानीयबासीले गाउँपालिकाको सेवा प्रवाह र योजना कार्यान्वयनका विषयमा प्रत्यक्ष जिज्ञासा तथा गुनासाहरू राखेका थिए। कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष यादवले जनताको आवाज नै समृद्धिको आधार भएको बताउनुभयो। उहाँले सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त र चुस्त बनाउँदै गल्ती कमजोरी नदोहोरिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ५ नं. वडाका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मदन प्रसाद पोखरेलले सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, वडा नं. ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी र वडा नं. ६ का वडा अध्यक्ष शिवकुमार धवलले सार्वजनिक सुनुवाइको महत्त्व र यसले पुर्‍याउने सकारात्मक प्रभावका बारेमा चर्चा गर्नुभएको थियो।

खुला सत्रमा नागरिकहरूले उठाएका विभिन्न जिज्ञासा र गुनासाहरूको जवाफ गाउँपालिका अध्यक्ष यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी र सम्बन्धित विषयगत शाखाका प्रमुखहरूले दिनुभएको थियो। कार्यक्रममा नेतृत्व तहले आगामी दिनमा अझ पारदर्शी र जनसहभागितामूलक ढंगले अगाडि बढ्ने साझा प्रतिबद्धता समेत जनाएको छ।

उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा गाउँपालिकाबासीको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण तथा सञ्चालन रुपा थापा राउतले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार