मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

साइबर सुरक्षाप्रति सरकार संवेदनशील छ : सञ्चार मन्त्री शर्मा

Ujyalosandeshonline 11768+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, साइबर सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएकी छिन् । स्लिङ्टन कलेज काठमाडौंले साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरेको साइबर सेक्युरिटी रिचर्ज हबको उद्घाटन गर्दै मन्त्री शर्माले साइबर सेक्युरिटी सरकारको राष्ट्रिय प्राथमिकतामा रहेको बताइन् ।

राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएको यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको उनको भनाई छ । ‘सूचना र प्रविधिको उच्चतम विकास र प्रयोगसँगै साइबर सुरक्षा निकै महत्वपूर्ण पक्ष बन्दै गएको छ । साइबर स्पेसलाई सुरक्षित गर्नु आज विश्वभरि ठूलो चुनौतीको विषय बन्दै गएको छ’ मन्त्री शर्माले भनिन् ‘साइबर स्पेस सुरक्षित गरी व्यक्तिगत डाटा सुरक्षादेखि राष्ट्रिय सार्वभौमिक अक्षुण्ण राख्नेसम्मका कार्य अब महत्वपूर्ण बन्दै गएका छन् ।’ 

साढे दुई करोड लगानीमा स्थापना गरिएको यो साइबर सेक्युरिटी रिसर्च हब नेपालकै पहिलो शैक्षिक अनुसन्धान केन्द्र भएको जनाएको छ ।मन्त्रालयमा साइबर सुरक्षा विधेयकको मस्यौदा गर्ने काम भइरहेको जानकारी दिंदै उनले साइबर सुरक्षाका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको प्रक्रिया पनि अघि बढाइएको बताइन् । 

त्यस्तै साइबर सेक्युरिटी विषयमा नेपालकै विश्वविद्यालयमा उच्च शिक्षा पठनपाठन सुरु गर्ने सरकारको लक्ष्य रहेको भन्दै उनले त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थाले साइबर सेक्युरिटी विषयमा स्नातकोत्तर तहको कोर्ष डिजाइन गरिरहेको जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार