मुख्य समाचार
एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ | पेस्तोल र गोलीसहित सियारीका चौधरी पक्राउ | पुवाखोलामा बेलिब्रिज निर्माण | सशस्त्र प्रहरीद्वारा बाइपास क्षेत्रबाट भन्सार छलीका किराना सामान र औषधि बरामद | ‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री | धकधईमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो | देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन | ४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ | गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो |

छाँयानाथ रारा नगरपालिकाका दलित समुदाय, दशैं तिहार भत्ता पाउँदा खुसी

Ujyalosandeshonline 12359+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका दलित समुदायहरुलाई दशैं र तिहारमा भत्ता बापत रकम उपलब्ध गराएको छ । नगरपालिकाले उपलब्ध गराएको रकम पाउँदा नगरपालिकाभित्र रहेका दलित समुदायका नागरीक खुसी भएका छन् ।

छाँयानाथ रारा नगरपालिकाको गरिबसंग नगर प्रमुख कार्याक्रम अन्तरगत छाँयानाथ रारा नगरपालिका वडा नम्बर १ देखी १४ वडाभित्र बस्दै आएका १ हजार २ सय ५६ घर धुरीका दलितहरुलाई प्रति घर २ हजार ५ सयका दरले दशंै जुवारे पिठा, भत्ता बापत रकम एनआइसि एसिया बैंक मार्फत उपलब्ध गराएको हो । 

विशेषगरी दलित समुदायले विभिन्न सांस्कृतिक लोपमुलक भेषभुषा, रितिरीवाज , नाचगान, बाजाहरुको संरक्षण गर्दै आएको छ । संरक्षण गर्ने हिसाबले प्रत्येक  आर्थिक वर्षको रकम बृद्घि भएर प्रत्येक घरलाई ५ हजारसम्म पुराउने लक्ष्य रहेको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए ।

उनले भने, ‘हामी दलित समुदाय पहिलादेखी गरीब अशिक्षित भएको कारण बढी  काम गर्ने, हाम्रो साँस्कृतिक बाजा, भेषभुषा संरक्षण गर्ने, विभिन्न भाडाकुडा औजार निमार्ण गरी खाने भएको हँुदा पछिल्लो समयमा छाँयानाथ रारा नगपालिकाले दशंै तिहार भत्ता बापत २ हजार ५ सय भए पनि उपलब्ध गराउँदा म लगायत नगरपालिका भित्र रहेका सबै दलित परिवार खुसी भएका छन् ।’

साथै, दशैं तिहारको भत्ता नगरपालिकाको कार्य विधि अनुसार यो बर्ष मात्र पालिका भरीका दलित समुदायका प्रत्येक १२ सय ५६ घरधुरीलाई जम्मा ३१ लाख ४० हजार रकम बैंक मार्फत उपलब्ध गराएको छाँयानाथ रारा नगरपालिकाका लेखापाल जगत बहादुर रावलले बताए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार