मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

Ujyalosandeshonline 12320+ समाचार ( )
९ माघ २०८२, बिहीबार

काठमाडौँ  । राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको छ । परिषद्ले आज विज्ञप्ति जारी गरी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिभरः निर्वाचन हुने दिन अगाडि, निर्वाचनको दिन र निर्वाचन भए पछाडिको निर्वाचनसम्बन्धी कार्यक्रममा बालबालिकाको प्रयोग गर्न गराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको हो । 

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वद्र्धन, सम्मान र परिपूर्ति सुनिश्चित गर्न गराउन निर्वाचनको प्रचारप्रसार, जुलुस तथा विजयोत्सवलगायत कार्यमा सबै राजनीतिक दल, दलका भ्रातृ सङ्गठन र उम्मेदवारहरुले बालबालिकाको प्रयोग गर्न÷गराउन नहुने वातावरण सुनिश्चित गर्नुपर्नेमा परिषद्को जोड छ ।

परिषद्ले विद्यमान बालबालिका र निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र निर्वाचन आचारसंहिता, २०८२ मा भएको व्यवस्थाबमोजिम १८ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनावसम्बन्धी प्रचारप्रसार, स्वागत तथा सम्मान, आमसभा, कोणसभा जुलुस, अभियान तथा बैठकमा सहभागी गराउन र त्यस्ता दल, सङ्गठन वा समूहमा सङ्गठित हुन निषेध गरेको पनि उल्लेख गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार