मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध छः मन्त्री खरेल

Ujyalosandeshonline 12461+ समाचार ( )
१९ पौष २०८२, शनिबार

पाटन (ललितपुर) । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन गराउने कार्यमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ललितपुरको मङ्गलबजारमा आज आयोजित ‘गल्ली माप्स’ द्वारा निर्मित निर्वाचन-२०८२ लक्षित ‘मतदाता पहुँच’का लागि मतदान केन्द्र पहिचान तथा दिशानिर्देशन प्रणालीको सार्वजनिकीकरण कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते निर्वाचन हुनेमा भन्नेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।

“फागुन २१ मा हुने निर्वाचनमा जनहितमा काम गर्नसक्ने नेता र नेतृत्व ल्याउन जरुरी छ । मुलक परिवर्तनको जगमा अगाडि बढ्दैछ, युवापुस्ता राजनीतिमा आउनुपर्छ । मतदान केन्द्र कहाँ छ र कसरी जाने भन्ने चिन्ता लिनु पर्दैन, सूचनाप्रविधिको क्षेत्रमा हामीले फड्को मारिरहेका छौँ । प्रविधिमा आधारित कार्यलाई हामीले अगाडि बढाउनुपर्छ”, मन्त्री खरेलले भन्नुभयो ।

उहाँले वर्तमान सरकारले जेनजी युवाको योगदानको उच्च सम्मान गर्ने बताउँदै युवाहरूले गरेका कामलाई प्रोत्साहन गर्दै सरकारी संयन्त्रमा प्रविधिमाथिको पहुँच र उपयोगलाई तीव्र रूपमा अगाडि बढाउँदै लगिएको जानकारी दिनुभयो । मन्त्री खरेलले पाटनका सम्पदाहरूको स्तरोन्नति र सौन्दर्यकरणले पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गरिरहेको धारणा राख्नुभयो ।

“सम्पदाको स्तरोन्नतिले यहाँको पर्यटन प्रवर्द्धनसँगै रोजगारी वृद्धि, शिक्षा र स्वास्थ्यमा सकारात्मक काम भएका छन् । पाटनका गल्लीसँग म परिचित छु, यहाँका हरेक गल्ली र चोकको बेग्लाबेग्लै महत्त्व छ”, उहाँले भन्नुभयो । गल्ली माप्सका संस्थापक राजविक्रम महर्जनले यो प्रणालीले घर नम्बर खोज्नेदेखि मतदाता नम्बरबाट मतदान केन्द्र पहिचान गर्न, जात्रा पर्वका बारेमा जानकारी पाउन सहज हुने जानकारी गराउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार