मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

मोबाइल एसोसरिजमा ‘बीएन ब्राण्ड’का मात्र १ सय ५० बढी उत्पादन

Ujyalosandeshonline 12342+ समाचार ( )
५ जेठ २०८२, आइतबार

हेटौंडा । नेपाली मोबाइल बजारमा एसोसरिजको माग बढ्दो छ । बढ्दो मागलाई ध्यानमा राखेर दुई दशक पूरानो बीएन म्यानुफ्याक्चर्सले ‘बीएन ब्राण्ड’को नाममा एसोसरिज उत्पादन गरेर राम्रो बजार विस्तार गरेको छ ।

डाटा केवल, चार्जर, हेडफोन, पावर बैंक, स्मार्ट वाच, इयर बर्ड, ब्लुटुथ स्पिकरसहितका १ सय ५० भन्दा बढी उत्पादनहरु बजारमा ‘बीएन ब्राण्ड’कै नाममा उपलब्ध गराउने गरेको बीएन म्यानुफ्याक्चर प्लान्टका अध्यक्ष विष्णु न्यौपाने बताए ।

‘हामीसँग मोबाइल एसोसरिज अन्तर्गत डाटा केवल, चार्जर, हेडफोन, पावर बैंक, स्मार्ट वाच, इयर बर्ड, ब्लुटुथ स्पिकरसहितका १ सय ५० भन्दा बढी उत्पादनहरु उपलब्ध छन् । यसमध्ये केवल र चार्जर बीएनका आफ्नै उत्पादन हुन। अन्य सामान बीएन ब्राण्डमा चीनबाट आयात गर्दै आइरहेका छौ,’उनले अगाडि भने,‘नर्मलदेखि फास्ट चार्जर, टर्वो चार्जर, पीडी, ओइएम, ओडीएम क्वालीटीका गरेर १८ वाटदेखि ६५ वाटसम्मका मूल्य अनुसारका गुणस्तरका चार्जर उत्पादन गरेका छौं। सामान्य मोबाइलदेखि स्मार्ट फोन तथा आइफोनसम्मका लागि गुणस्तरीय चार्जरहरु हामीसँग उपलब्ध हुनेछ ।’

बीएन म्यानुफ्याक्चर्ससँग आफ्नै उत्पादनका डाटा केबल छन । नेपाली उत्पादनमा गुणस्तरीयता प्रदान गर्न सकिएकाले चार्जर तथा केबलको माग देशभरबाट बढिरहेको उनले बताए । ‘पिभिसी, टिपिइ, सिलिकन, फास्ट चार्जिङ सिस्टम भएका विभिन्न डिजाइनमा फरक फरक मूल्यमा र उच्च गुणस्तरमा केबलहरु उत्पादन गरिरहेका छौं,’उनले भने ।

अन्तर्राष्ट्रिय बजारमा प्रयोग भएका गुणस्तरीय पावर बैंक नेपाली उपभोक्ताहरुले पनि खोजी गरेकाले चीनको उत्पादक कम्पनीसँग कुराकानी गरेर आफ्नो ब्राण्डमा उत्पादनको प्रस्ताव गरेर विगतको लोडसेडिङ, नाकाबन्दी, कोभिडसहितका महामारीको बेला गुणस्तरीयतामा सम्झौता नहुने गरी नेपाली बजारमा पावर बैंक उपलब्ध गराएको उनले जानकारी दिए । बीएन ट्रेडर्ससँग वायरलेस, पीडी गरेर १० हजार देखि  ३० हजार एमएएच सम्मका पावर बैंक र स्मार्ट वाचमा एमोलेट डिस्प्ले, कर्ब ग्लास, वाटर रेसिस्टमा उपलब्ध गराइएको उनले जानकारी दिए । 

‘हामी गुणस्तरमा ध्यान दिन्छौं । गुणस्तरीय सामान भएका कारण सबैको सहयोग पाएका छौं । प्रत्यक्ष रुपमा करिब १० जना प्रत्यक्ष रुपमा उत्पादन र बजारीकरणमा ध्यान दिइरहेका छौं । अन्य जनशक्तिको कुनै गणना छैन् । हाम्रो उत्पादनका कारण रोजगार सिर्जनामा भने योगदान पुगेको छ,’उनले भने, ‘विगतमा प्रविधिक जनशक्तिहरुको अभाव थियो, हामी पनि सिक्नेक्रममा थियौं । तर आज प्रविधिले धेरै सहयोग पुर्याएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार