मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

मुख्यमन्त्री सिंह र फिनल्यान्डका राजदूतबीच भेटवार्ता

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सकारात्मक तथा तीव्र प्रतिफल प्राप्तिका लागि लगानी वृद्धि गर्न युरोपेली युनियन(इयु) तथा फिनल्यान्डका राजदूतलाई आग्रह गरेका छन् ।

इयुका राजदूत भेरोनिक लोरेञ्जो र फिनल्यान्डका राजदूत रिना–रिक्का हेइक्कासँग जनकपुर धामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गर्दै मुख्यमन्त्री सिंहले सशक्तीकरण मार्फत शिक्षामा विपन्न, महिला, दलित तथा पिछडिएका समुदायको पहुँच सुनिश्चित गर्न, जीविको पार्जन तथा समाज उन्नयनमा सघाउ पुग्ने गरी शिक्षाको गुणस्तर बढाउन तथा विद्यालयका भौतिक संरचना एवम् पठन सामग्रीको पर्याप्त उपलब्धताका लागि काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरेका हुन् ।

उनले गरीबी र समाजमा विद्यमान अन्धविश्वास तथा गलत धारणाका कारण बालिका शिक्षा प्रभावित हुँदै गएको भन्दै बालविवाहले समेत शिक्षामा महिलाको सहभागिता न्यून भएको औंल्याउँदै त्यसविरुद्धको सामाजिक अभियानमा अन्तर्राष्ट्रिय समुदायको सहयोग तथा साझेदारीको अपेक्षा गरे ।

उनले मधेश प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउन तथा विद्यालय शिक्षाको गुणस्तर बढाउन पर्याप्त तथा दक्ष जननशक्ति आवश्यक रहेको भन्दै त्यसका लागि समेत दात्री निकायले अग्रसरता लिनुपर्ने बताए ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि तथा प्रवद्र्धनात्मक एवम् प्रवद्र्धनात्मक कार्यक्रममा दात्री निकायको थप सहयोग आवश्यक रहेको उल्लेख गरे । भेटमा प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलगायत सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार