मुख्य समाचार
मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु |

मधेश प्रदेशका सभामुख मण्डलले संविधान बारे विद्यार्थीहरुलाई पढाए

Ujyalosandeshonline 12618+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान बारे पढाएका छन् । सभामुख मण्डलले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका विद्यार्थीहरूलाई स्वयम कक्षा कोठामै पुगेर संविधान बारे पढाएका हुन् । 

कानूनशास्त्र विषयका स्नातक तहका विद्यार्थीहरूलाई संघीय शासन प्रणाली, यसको अभ्यास, समावेशिताको सकारात्मक प्रभाव जस्ता विषयमा एक घण्टा पढाएका हुन् । 

कक्षा समाप्त भएपश्चात उनले विद्यार्थीहरुलाई मनमा उठेका प्रश्न सोध्नसमेत समय दिए र उठेका प्रश्नहरुको जवाफ दिएका थिए । सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभामुख मण्डलले अबका दिनमा ८ वटै जिल्लामा पुगेर समयानुचित हुने गरि कानुन संकायका विद्यार्थीहरुलाई पढाउने जानकारी दिए ।

सभामुख जस्तो गरिमामय पदमा भएका व्यक्तिबाट भएको यस असल अभ्यासको प्रशंसा गर्दै यसले विद्यार्थीहरूको मनोबल बढाउने काम भएको क्याम्पस प्रमुख ठाकुरले बताउँदै यो अभ्यास अरू तीर पनि हुन जरुरी रहेको बताए । 

विश्वविद्यालयका उपकुलपति प्रध्यापक डा. अमर प्रसाद यादवले सभामुख आफैं आएर विद्यार्थीहरुलाई पढाएकोमा विद्यार्थीहरुमा साकारात्मक उर्जा उत्पन्न भएको बताए । उनले विद्यार्थीहरुले किताबमा पढ्दै आएको कुराहरु, प्रदेशको सभामुखले आफ्नो अनुभव र अभ्याससंग जोडेर पढ्न पाउँदा अझः राम्ररी सिक्न सकेको जानकारी दिए । सभामुखले पहिला पनि पढाउन ईच्छा जाहेर गर्दै आएकोमा आज उनले कक्षा लिएकोमा विश्वविद्यालय र विद्यार्थी आभारी रहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार