मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

‘नेपाललाई शैक्षिक केन्द्र बनाउन सम्भव छ’

Ujyalosandeshonline 12612+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले नेपालाई शैक्षिक केन्द्र बनाउन सकिने दाबी गरेका छन् । ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै महासेठले कम्तीमा पनि १० वर्षलाई राजनीति स्थिर हुने हो भने नेपाललाई शैक्षिक केन्द्र बनाउन सम्भव रहेको बताए । 

युवाहरूको विदेशी कलेजमा पढ्ने सपनालाई, विदेशका कलेजहरू नेपालमा नै ल्याएर पुरा गरिदिएको भन्दै उनले कलेजको प्रशंसा गरे ।

दीक्षान्त समारोहमा बोल्दै नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षालाई देशको समुन्नतिमा योगदान गर्न विद्यार्थीहरुलाई आग्रह गरे । 

त्यसैगरी क्याम्पसका अध्यक्ष ई.पंकज जालानले भुटान र भारतका विद्यार्थी पनि आफ्नो कलेजमा अध्ययनरत रहेको भन्दै स्टुडेन्ट भिसामा सहजीकरण गरेर सहयोग गर्न सरकारसँग आग्रह गरेका छन् । 

दीक्षान्त समारोहमा क्याम्पसका बीएससी कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र बिए बिजनेस एडमिनिस्ट्रेसन अध्ययन गरेका ५२ विद्यार्थी दीक्षित भएका छन् । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो ।  

नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको अभिन्न अङ्ग पाटन कलेज फर प्रोफेसनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार