मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

एक आमा समूह एक लघु उद्यम कार्यक्रम अन्तर्गत १० दिने सरफ, फिनेल तथा हार्पिक बनाउने तालिम सम्पन्न

जगीलाल थापा 30+ समाचार ( )
२० जेठ २०८२, सोमबार

कञ्चन । रुपन्देहीको कञ्चनमा एक आमा समूह, एक लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको एक हेन्डवास, डिसवास, सावुन, हार्पिक तथा फिनायल लिक्यूड बनाउने १० दिने तालिम आज सम्पन्न भएको छ। कञ्चनका ५ वटा वडामा कृयाशिल आमा समूहहरु मध्ये छनौट भएका  १०  वटा आमा समूहका ५० जना महिलाहरु तालिममा सहभागी भएका थिए।

तालिमको समापन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने आधारको रुपमा उद्यमशिललाई प्राथमिकता दिएर पालिकाको बार्षिक नीति, कार्यक्रम तथा योजनामै एक आमा समूह एक लघुउद्यम कार्यक्रम नामक कार्यक्रम अख्तियार गरिएको बताउनु भयो। महिलाहरुलाई उत्पदानमुखी उद्यमशिलता तर्फ आकर्षित गर्नु र उनिहरुलाई आर्थिक उपार्जनमा जोड दिनु पालिकाको जिम्मेवारी भएको उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले सिकेको सिपलाई व्यबहार उतारेर उद्यम बन्न आग्रह गर्नु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले सिप सिक्नु मात्र ठूलो कुरा नभएको भन्दै सिपलाई उद्यममा परिवर्तन गरी उद्यमशिल बन्न सकेमात्र समाजमा आफनो फरक पहिचान बन्ने उल्लेख गर्नुभयो।

यस्तै कार्यपालिका सदस्य कुमारी घर्तिले पालिकाले लगानी गरेपछि त्यसको प्रतिफल दिने तर्फ लाग्नु पर्ने भन्दै सिकाई कहिलै पूर्ण नुहने समेत बताउनु भयो। पालिकाले महिलाहरुलाई आफै आत्म निर्भर बनाउने उद्धेश्यका साथ एक आमा समूह, एक उद्यम नामक कार्यक्रम ल्याइएको भन्दै कार्यपालिका सदस्य घर्तिले सम्भव भए आफ्नै फर्म खोलेर उद्योग सञ्चालन गर्न सके राम्रो हुने यदि एक्लै सम्भव नभए सामुहिक रुपमा भएपनि उद्योग खालेर सिकेको सिपलाई व्यबहार अनिवार्य रुपमा उतार्न समेत आग्रह गर्नुभयो ।

कञ्चन गाउापालिकाको आर्थिक सहयोग तथा बुटवल लम्बिनी टेक्निकल कलेज प्रा.लि. मायादेवी ८, रुपन्देहीको आयोजनामा भएको उक्त तालिममा सरु बराल र सिमा नेपालले प्रशिक्षण दिनु भएको थियो। कार्यक्रमको अध्यक्षता गर्दै बुटवल लम्बिनी टेक्निकल कलेज प्रा.लि. मायादेवी ८, रुपन्देहीका अध्यक्ष राज गुप्ताले यदि महिलाहरुले उद्योग सञ्चालन गर्ने उद्धेश्यका साथ   फर्म खोलेर व्यबसाय सञ्चालन गरेमा सरफ, सावुन, फिनेल तथा हार्पिक बनाउन आवस्यक पर्ने कच्चा सामानहरु सहज रुपमा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो।

बुटवल लम्बिनी टेक्निकल कलेज प्रा.लि. मायादेवी ८, रुपन्देहीका अध्यक्ष राज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य सुकमया दर्जी र सहभागीहरुको तर्फबाट सुमित्रा पराजुलीले समेत बोल्नु भएको थियो। दियो सभाहलमा भएको समापन कार्यक्रममा प्रशंसा भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार