मुख्य समाचार
सिद्धार्थनगर–९ मा उद्घोषण कला तथा माइन्युट लेखन सम्बन्धी ७ दिने तालिम सुरु | जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता | रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य | सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया | झापामा रगतको माग उच्च | बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा | ओमसतियामा सार्वजनिक सुनुवाइ: 'चुस्त प्रशासन र भ्रष्टाचारमुक्त गाउँपालिका हाम्रो प्राथमिकता' | ओमसतियामा कानुनी प्रशिक्षण सम्पन्न: 'कानुनको अज्ञानता क्षम्य हुँदैन' | ‘सुकुम्वासी नागरिकको दीर्घकालीन समाधान खोज्नुपर्छ’ | कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन |

लुम्बिनी प्रदेशमा निर्वाचन लक्षित विशेष सुरक्षा रणनीति तयार: 'अति संवेदनशील' मतदानस्थलमा कडा निगरानी

विवेक विश्वकर्मा 26+ समाचार ( )
१० फाल्गुन २०८२, आइतबार

भैरहवा । लुम्बिनी प्रदेशमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विशेष सुरक्षा योजना सार्वजनिक गरिएको छ। लुम्बिनी प्रदेशका तत्कालीन प्रहरी प्रमुख भूपेन्द्र खत्रीले प्रदेशका १२ वटै जिल्लाको भौगोलिक अवस्थिति र निर्वाचन क्षेत्रलाई मसिनो गरी विश्लेषण गरेर तयार पारिएको विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभएको छ।

विगतका निर्वाचनका अनुभव, राजनीतिक दलहरूको चासो र निर्वाचन आयोगले तय गरेका नीतिहरूलाई केन्द्रमा राखेर यसपटक एकीकृत सुरक्षा योजना निर्माण गरिएको हो । उज्यालो सन्देशसँगको कुराकानीमा प्रदेश प्रहरी प्रमुख खत्रीले निर्वाचनको समयमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न मतदान स्थल र केन्द्रहरूलाई तीन तहमा वर्गीकरण गरिएको बताउनुभयो । सुरक्षा संवेदनशीलताका आधारमा मतदान स्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य भनी छुट्याइएको छ ।

यही वर्गीकरणका आधारमा सुरक्षाकर्मीको परिचालन, सूचना संकलनको तीव्रता र रणनीतिक व्यवस्थापन मिलाइएको छ। विशेष गरी भौगोलिक रूपमा विकट मानिएको रुकुम पूर्व जस्ता हिमाली जिल्लाहरूमा मौसमको प्रतिकूलता र भौगोलिक कठिनाइलाई ध्यानमा राख्दै विशेष सुरक्षा प्रबन्ध मिलाइएको उहाँको भनाइ छ।

निर्वाचनलाई पारदर्शी र भयरहित बनाउन नेपाल प्रहरीसँगै अन्य सुरक्षा निकायहरूबीच पनि बलियो समन्वय कायम गरिएको छ। प्रदेशभर तीन तहको सुरक्षा घेरा निर्माण गरी सुरक्षाकर्मीहरू परिचालन गरिएको र जुनसुकै बेला आइपर्न सक्ने आकस्मिक चुनौतीको सामना गर्न सुरक्षा संयन्त्रलाई उच्च तयारी अर्थात् 'हाइ अलर्ट' मा राखिएको खत्रीले स्पष्ट पार्नुभएको छ । समग्रमा, लुम्बिनी प्रदेशमा शान्ति सुरक्षा कायम राख्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु नै प्रहरीको मुख्य प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार