मुख्य समाचार
खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट | मर्चवारीदेवी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन पहल | सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित | ‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’ | दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर |

रौतहटको ग्रामिण भेगमा तोरी भित्र्याउनका लागि थ्रेसरको प्रयोग

Ujyalosandeshonline 12519+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

रौतहट  ।  रौतहटको ग्रामिण भेगमा रहेका कृषक तोरी भित्र्याउनका लागि अन्न  झार्न मेशिन (थ्रेसर)को प्रयोग गर्न थालेका छन् । यती बेला मजदूरको अभाव भएपछि चिन्तित भएका कृषकले थ्रेसरको सहारामा तोरी झार्न थालेका हुन् । 

गाउँघरमा सहजै थ्रेसर पाइने भएपछि कृषकलाई मजदूरकै भर पर्नुपर्ने बाध्यता हटेको हो । युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै हरेक पटक खेती लगाउने र भित्र्याउने बेला मजदूरको अभाव हुने गरेकोे स्थानिय रामेश्वर साहले बताए । 

प्रायः सबैजसो किसानको तोरी एकैपटक पाकेकाले मजदूर पाउन नसकिएको उनको भनाई छ । मजदूरले तोरी काटेका र झार्ने गर्दा महँगो लिने गरेको उनको गुनासो छ । हिउँदे बर्षा भएमा तोरीमा क्षति पुग्ने भएकाले झार्न थालेको कृषकहरु बताउँछन् । अब तोरी थन्काएर अन्य बाली लगाउन ढिलो भैइसकेकाले यहाँका कृषकहरुलाई यती बेला चटारो छ ।

गाउँघरमा  कृषिमा काम गर्ने जनशक्ति पाइन छाडेपछि जिल्लाका कृषक आधुनिक कृषि उपकरणको प्रयोगमा आकर्षित हुन थालेका हो । थ्रेसरको प्रयोगले कम जनशक्ति, श्रम तथा लागतमा धेरै काम गर्न सकिने कृषकहरू बताउँछन् । खेती गर्ने बेला कामदारको अभाव हुने गरेकाले कृषि यन्त्र उपकरणको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्र, गौरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार