मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

देशमा विधिको शासन कायम गर्न सरकार लागि परेको छ : गृहमन्त्री

Ujyalosandeshonline 12334+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै अगाडी बढ्नु पर्ने बताएका छन् ।

बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अहिलेको शासन व्यवस्थामा जनताको विश्वास र भरोसा जगाउनु पर्ने भन्दै त्यसका लागि पनि स्थानिय सरकारको महत्वपूर्ण भुमिका हुने बताए ।

उनले भने, ‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौ । चुनाव तिजतिसकेपछि विकासको मुद्धामा सबै मिलेर अगाडी बढ्नुपर्छ । अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ, त्यसका लागि पनि स्थानिय सरकारको सबैभन्दा भुमिका महत्वपूर्ण छ ।’  

उनले सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथी राखेर सेवा प्रदान गर्नुपर्ने भन्दै देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको बताए ।  

उनले जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नती गर्ने सवालमा सरकार क्रियाशिल भएर लागेको पनि बताए ।

उनले भने, ‘एकै महिनामा परिणाम आउँदैन सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ । हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार