मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

रोहिणीमा ४५० जनाले पाए जग्गाधनी प्रमाण पूर्जा

Ujyalosandeshonline 12080+ समाचार ( )
२० अशोज २०८१, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा ४५० थान जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । रोहिणी गाउँपालिका-३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

आइतबार रोहिणी गाउँपालिका र नापी कार्यालय रुपन्देहीद्वारा रोहिणी–३ धकधईस्थित श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा आयोजित समारोहमा लालपूर्जा वितरण गरिएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले १६ जनालाई लालपूर्जा वितरण गरेका थिए । बाँकी लालपूर्जा आयोजकले वितरण गरेका थिए ।

उक्त अवसरमा बोल्दै मन्त्री अधिकारीले वर्षौदेखि लालपूर्जा नपाएका जनतालाई लालपूर्जा दिन योजनाबद्ध तरिकाले लागिपरेको बताए । उनले लालपूर्जाबिहीन जनताले लालपूर्जा पाए भन्ने सन्देश दिन अभियानको रुपमा अघि बढेको बताए । मन्त्री अधिकारीले उखडा र बहालबिटौरी जग्गामा बसेका नागरिक पनि लालपूर्जाबाट वञ्चित भएको बताए ।

उनले भने, ‘जग्गाधनी प्रमाणपूर्जा दिन कानून परिवर्तन पनि गर्नुपर्ने अवस्था छ । कतिपय कानून बनाउन बाँकी छन् । कतिपय नागरिक वर्षौदेखि पर्ती जग्गामा बस्नुभएको छ । तर, उहाँहरुको आफ्नै नाममा जग्गा छैन । हामी त्यसको पनि व्यवस्थापन गर्ने गरी लागेका छौं ।’

मन्त्री अधिकारीले रुपन्देहीसहित तराईका धेरै जिल्लामा भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासी रहेका र उहाँहरुलाई छिटोछरितो रुपमा जग्गा दिनका निम्ति लागिपरेकोे बताए । उनले भने, ‘जनताले एकातर्फ लालपूर्जा नपाएको र अर्कोतर्फ सरकारको राजस्व गुमेको छ । यी सबै कुराहरुलाई मिलाउनको निम्ति योजनाबद्ध तरिकाले लागेका छौं, दशैैपछि आयोग गठन गर्छौं । ’

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आफू निर्वाचित भएपछि जनतालाई वाचा गरे अनुसार काम गर्दै आएको बताए । उनले विगतदेखि गर्दै आएको प्रयास आज सफल भएको बताए । उनले भने, ‘गाउँब्लकमा जग्गा रहेका नागरिकहरुको लालपूर्जा नहुनु जटिल समस्याको रुपमा नै छ । यो समस्या समाधान हुँदैछ ।’

नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत सुग्रीव यादवले ८४१ वटा गाउँब्लक र ६७५ हेक्टर जग्गाको पूर्जा वितरण गरिसकिएको जानकारी दिए । रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले जनताको आवाज लिएर अगाडि बढेको बताए । उनले वर्षौदेखि बसोबास गर्दै आएका नागरिकले आफ्नो सम्पत्तिको हक पाएको बताए ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षता तथा निर्देशक दामोदर ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । लालपूर्जा पाएपछि रोहिणी–३ लक्ष्मीनगरका हृदयराम यादवले खुसी व्यक्त गरे । उनले भने, ‘लालपूर्जा नपाउँदा धेरै समस्या थियो, पाएपछि धेरै खुसी लागेको छ । लालपूर्जा दिलाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार