मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक

Ujyalosandeshonline 10783+ समाचार ( )
२१ असार २०८२, शनिबार

रामेछाप । सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसअनुसार बिपी राजमार्गमा सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं जान–आउन प्रयोग हुने सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा थप ३० दिनका लागि रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सोमबार सूचना जारी गर्दै असार २० गतेदेखि थप ३० दिनको लागि प्रत्येक दिन साँझ ६ः३० बजेबाट बिहान ५ः०० बजेसम्म राजमार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई निषेध गरिएको जनाएको छ ।

प्रशासनले गत असार ६ गतेबाट १५ दिनको लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको थियो । अझै वर्षा नरोकिएकाले थप एक महिनाको लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा हस्ताक्षरित सूचनामा  यातायात सञ्चालनमा रोक लगाउँदा परेको असुविधा प्रति क्षमा याचन गरिएको छ । 

मिति २०८२÷०३÷०६ गतेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले मनसुन सक्रिय अवस्थामा रहेकोले कुनै पनि समयमा वर्षातका कारण विपद्को अवस्था सिर्जना हुन जाने भएकोले सो हुन नदिन र यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउनका लागि बिपी राजमार्गको सिन्धुली, खुर्कोटबाट काठमाडौं तर्फ जाने सार्वजनिक÷निजी यात्रुवाहक सवारी साधनलाई साँझ ६ः३० बजे देखि बिहान ५ः०० बजेसम्म प्रस्थान गर्न १५ (पन्ध्र) दिन (२०८२÷०३÷२०) सम्मको लागि निषेध गरिएको ब्यहोरा विदितै छ । 

हाल पनि मनसुन सक्रिय अवस्थामा नै रहेकोले बिपी राजमार्गको सिन्धुली, खुर्कोटबाट काठमाडौं तर्फ जाने सार्वजनिक ÷ निजी यात्रुवाहक सवारी साधनलाई साँझ ६ः३० बजे देखि बिहान ५ः०० बजेसम्म प्रस्थान गर्न आजबाट थप ३० (तीस) दिनका लागि निषेध गरिएको ब्यहोरा अनुरोध छ’, शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार