मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

सुगम बन्दै शैलुङ

Ujyalosandeshonline 12461+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

रामेछाप । धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा मनोरम शैलुङ बिस्तारै सुगम बन्दै गएको छ । कुनै बेला निक्कै दुर्गमको यात्रा मानिने शैलुङ अहिले सुगम सहजको गन्तव्य स्थल बनेको हो । केही वर्ष अगाडिसम्म शैलुङ पुग्न न सडक थियो, न शैलुङमा पुगेर बास बस्ने राम्रो ठाउँ थियो, न इन्टरनेटकै सुविधा थियो । शैलुङ राम्रो थियो, तर दुर्गम थियो । त्यसैले जो कोहीले शैलुङसम्म पुग्ने आँट नै गर्दैन थियो । धेरैको लागि शैलुङ सपनाको संसार थियो । 

अहिले पूर्वाधार बनेसँगै शैलुङ सुगम बनेको छ । शैलुङ अब सबैको सहज गन्तव्य बनेको छ । अहिले शैलुङसम्म पुग्ने दुईतर्फी सडक बनेका छन् । रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ पुग्न रामेछाप र दोलखा दुवै तर्फबाट सडक बनेका छन् । रामेछापको दोरम्बाबाट खोलाखर्कसम्म सडक बनेको छ । जसले गर्दा रामेछापको सदरमुकाम मन्थली वा काभ्रेको चौँरी, बिपी राजमार्गको सित्खाबाट गाल्पा निस्किएर दोरम्बा हुँदै शैलुङ पुग्न सकिने भएको छ । 

त्यस्तै दोलखाको कालापानी हुँदै शैलुङ आउने सडक पनि खुलेको शैलुङ दोहोरो सडक सञ्जालमा जोडिएको छ । ‘शैलुङ अब सुगम भयो, जो कोही पनि सहजै शैलुङ पुग्न सक्छन्, त्यहाँको आनन्द लिन सक्छन्’, रामेछापको दोरम्बाका सामाजिक अभियन्ता मिलन घिसिङ भन्छन् । 

शैलुङ पुग्ने सडक मात्र होइन, शैलुङमा अन्य पूर्वाधार पनि विकास भएका छन् । शैलुङ पुग्ने पर्यटकलाई बस्नको लागि पनि रामेछाप र दोलखा दुवै तर्फ सुविधा सम्पन्न होटेल बनेका छन् । ‘अब शैलुङ जाने पर्यटकहरूले शैलुङ पुग्ने बित्तिकै फर्कन पर्दैन, रामेछापको खोलाखर्क र दोलखाको कालापानी क्षेत्र जता पनि बास बस्ने राम्रा होटेल छन्’, स्थानीय होटेल व्यवसायी दावासाङबु शेर्पा भन्छन् । 

खोलाखर्कका होटेलमा इन्टरनेट सेवा पनि सञ्चालनमा आएको छ । नेपाल टेलिकमले फोरजी सेवाको टावर र निर्माण गरेपछि सहज रूपमा मोबाइल र इन्टरनेट सेवा चल्न लागेको छ । भर्खरै मात्र खोलाखर्कमा अल्ट्रा नेट कम्पनीले फाइबर नेट सेवा पनि सञ्चालनमा ल्याए पछि शैलुङमा सञ्चारको पनि राम्रो सुविधा पुगेको शेर्पाले बताए । 

समुन्द्र सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको शैलुङ प्रकृति र अध्यात्मका संगमस्थल हो । हिउँदमा हिउँले ढाक्ने शैलुङ, चैत, बैशाखमा विभिन्न जातका गुराँसले ढकमक्क भएको छ । वर्षमा विभिन्न फूल र हरियो दुवो छापेको जस्तै देखिने शैलुङ अहिले दुवोको गलैँचा ओछ्याए जस्तै छ । यहाँबाट हिमाल लगायतका दृश्यावलोकन पनि निक्कै रमणीय देखिन्छ । 

शैलुङमा जनपूर्णिमा, तिज, दशैँ, हिउँदमा हिउँ परेको बेला तथा नयाँ वर्षमा गुराँस हेर्ने मानिसहरूको ठुलो भिड लाग्ने गर्दछ । ‘त्यति बेला त मेला जस्तै हुन्छ, टेक्ने ठाउँ पनि हुँदैन’, व्यवसायी शेर्पाले भने ।शैलुङ हिन्दु र बौद्धधर्मालम्बिको पनि पवित्र भूमि हो । हिन्दु धर्म मान्नेले यसलाई शिवको तपोभूमिमा मान्दछन् भने बुद्धधर्मालम्बिले बुद्धले पाइला टेकेको पवित्र भूमि मान्दछन् ।   

सय लुङ अर्थात् सयवटा थुम्काबाट शैलुङको नामाकरण भएको हो । प्राकृतिक रूपमा उत्पत्ति भएका एक सय भन्दा बढी थुम्का शैलुङमा छन् । थुम्काहरूमा गलैँचा ओछ्याएझैँ दुबोले ढाकाको छ । हिउँदमा ती थुम्कालाई हिउँले ढाक्दा अझ मनोरम देखिन्छ । हिउँदमा हिउँ पर्ने शैलुङमा वर्षामा पनि चिसो हावा चल्छ । त्यही चिसो मौसममा चौँरी चरेको दृश्य निक्कै मनमोहक देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार