मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बाँझो बारीमा ड्रागन फ्रुटको बगैँचा : रामबहादुर साईको लाखौँ आम्दानी

Ujyalosandeshonline 11005+ समाचार ( )
६ अशोज २०८२, सोमबार

रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर शाहीले बाँझो बसेको बारीलाई पैसा फल्ने ठाउँ बनाएका छन् । धेरै वर्ष बाँझै रहेको बारीका पाटामा अहिले ड्रागन फ्रुटले पेसा फलाएको छ । अत्यधिक सुख्खा जमिनका कारण लामो समयसम्म बाँझै रहेको बारी अहिले सबैको मन लोभ्याउने ठाउँ बनेको छ । २०५३ सालदेखि काठमाडौँमा नर्सरी व्यवसाय गर्दै आएका साईले १० वर्ष अघि गाउँ फर्केर कृषि उद्यम सुरु गरेका थिए ।  साईको काठमाडौंको नर्सरी अहिले पनि छ । तर गाउँमा आएर नयाँ प्रयोग गर्दा राम्रो आम्दानी भएपछि साही गाउँमा नै रमाएका छन् ।  

शाहीले ३ वर्षअघि भदौरे कालिका कृषि फर्म दर्ता गरेर बाँझो जमिनमा  ड्रागन लगाएका हुन् । अहिले उनका बारीमा ८ सयभन्दा बढी ड्रागन फ्रुटका बोट छन् । साईको पहिलो लटमा नै एक लाख रुपैयाँभन्दा बढी फल बिक्री भयो । यो वर्ष ६ लाख रुपैँयाको फल बिक्री हुने उनको अनुमान छ ।

प्रति किलो ३ सय ३० रुपैयाँमा बँगैचाबाट बिक्री हुने ड्रागन फ्रुटको बजारको कुनै चिन्ता नभएको उनले बताए । ’व्यापारीहरू यहीँ किन्न आउँछन्, अहिलेसम्म बजारको कुनै समस्या छैन’, साईले भने । ड्रागन फ्रुटसँगै शाहीले दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) स्थापना गरेर बिरुवा उत्पादन सुरु गरिरहेका छन् । त्यस्तै सयपत्री लगायतका फूलबाट पनि उनले राम्रो आम्दानी गर्ने गरेका छन् । 

रामेछाप जिल्लामा अमिलो जातका फलफूल– जुनार, सुन्तला र कागती राम्रो हुने भएकाले त्यही प्रजातिका बिरुवा उत्पादनलाई उनले प्राथमिकता दिएका छन् । यसबाहेक सयपत्री, मखमलीलगायतका फूल पनि उनले सिजन अनुसार बजारमा पठाउँछन् । साईले व्यवसायीक कृषि सुरु गरेपछि अन्य  किसानले पनि व्यवसायीक रूपमा फलफूल खेती सुरु गरेका छन् । साई किसानको लागि प्रेरणाको स्रोत बनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार