मुख्य समाचार
भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै |

दुई ठूला दलले सत्ताको लागि संविधान संशोधनको कथा बनाए : प्रचण्ड

Ujyalosandeshonline 11003+ समाचार ( )
७ अशोज २०८१, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई ठूला दलले सत्ता प्राप्तीको लागि संविधान संशोधनको कथा बनाएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयन ,अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले संविधान संशोधनको कुरालाई ख्याल गर्दा  सरकारको ऐण्डा संविधान संशोधनको नभएर माओवादीको सरकारलाई हटाएर सत्ता प्राप्ती गर्ने रहेको बताएका हुन् । 

उनले भने,‘संविधान संशोधनको कुरालाई ख्याल गर्दा,चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । मेरो विमति कहाँ छ भने, अहिले दुई ठूला दलहरुले त्यसको मर्म अनुसार अगाडि बढ्नुभएको छैन । २–४ दिनसम्म उहाँहरुको एजेण्डा संविधान संशोधन थिएन् ।  उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादीको सरकारलाई जसरी पनि हटाउनैपर्ने भयो भनेर संविधानको संशोधनको कथा बनाउनु भयो ।’

उनले प्रधानमन्त्री भएर पनि काम गर्न के ले रोक्यो भनेर प्रश्न आउने गरेको भन्दै प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न नमिल्ने र यो भन्दा बढि गर्नुपरेको भए ,१८ महिना होइन १८ दिनमा नै सरकार छोड्नुपथ्र्याे भन्दै उत्तर दिए । राजनीतिक दलका शक्तिशालि नेताहरुले नै समानुपातिकता या संघियता मन नपारउने भन्दै कसरी कार्यान्वयन गराउने भन्ने विषय ठूलो चूनौती रहेको बताए । 

उनले भने,‘संविधान र संघियता जसरी पनि कार्यान्वयन गर्ने या समावेशि समानुपातिकलाई कार्यान्वयन गर्नेतिर होइन् यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने योजना छ । प्रधानमन्त्री भएर पनि के ले रोक्यो भनेर प्रश्न पनि आयो , प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न मिल्ने भए धेरै गरिन्थ्यो । अलिअलि गर्दा त सुख पाइएन यो भन्दा बढि गर्नुपरेको भए ,१८ महिना होइन १८ दिनमा नै सरकार छोड्नुपथ्र्याे । राजनीतिक दलका शक्तिशालि नेताहरु नै समानुपातिकता या संघियता मन पराउनुहुन्न ।त्यसैले यसलाई कसरी कार्यान्वयन गराउने यो ठूलो चूनौती छ ।’ 

उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना गरेको भन्ने कुरामा नै आफू अन्यौलमा रहेको बताए । १५ वर्ष मिश्रले देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै संविधान नै प्रचण्डको भएको टिप्पणी गरेका थिए ।

त्यस्कै उत्तरमा प्रचण्डले भने, ‘उहाँलाई मैले यहाँ पस्दैगर्दा तपाईंले प्रशंसा गर्नुभएको कि आलोचना गर्नुभएको बुझ्नै सकिएन भनेको थिएँ । उहाँले अस्ति मैले झट्ट देखेको थिएँ, उहाँले दरवार मार्गको नाम पनि कांग्रेस,एमालेले प्रचण्ड मार्ग राखे हुन्छ भन्नुभयो । यो कांग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो । त्यो विचार राख्ने मान्छेले प्रचण्डलाई महत्व पक्कै दिनुभएको होइन । उहाँले राजनीति गर्नुभएको हो । त्यो स्वतन्त्रता तपाईंलाई छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार