मुख्य समाचार
देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की |

बिद्यालय बाहिरको ज्याकेट लगाउदा रोहिणीमा निर्घात कुटिए बिद्यार्थी

Ujyalosandeshonline 11845+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा बिद्यालयले तोकेको भन्दा फरक पोशाक लगाएकै कारण एक बिद्यार्थी प्रधानअध्यापकबाट निर्घात कुटिएका छन् । रोहिणी गाउँपालिका वडा नम्बर ७ मा रहेको मोडेल गोल्डेन फ्यूचर ईङलिस स्कूलका प्रधानअध्यापक शम्भु यादवले कक्षा ८ का बिद्यार्थीलाई जाडोमा ज्याकेट लगाएकै कारण कुटपिट गरेको बिद्यार्थीको आरोप छ । 

बिद्यार्थी आकाश गुप्ताका अनुसार बिद्यालयले जाडोमा लगाउनको लागि निलो रङ्गको स्वेटर तोकेको छ, तर अहिले सम्म सो स्वेटर प्राप्त भएको छैन । “पुस १ गते जाडो भएको कारण घरमै लगाउने ज्याकेट लगाएर बिद्यालय गएको थिए ।” गुप्ताले भने “चापाकलमा पानी खाईरहेको अवश्थामा हेडसर आएर आउटड्रेस किन लगाएको भन्दै कुट्न थाल्नुभयो ।”

अन्य बिद्यार्थीले पनि ज्याकेट लगाएको भन्दै प्रतिवाद गर्न खोज्दा शिक्षक शम्भु यादव झन आक्रमक भएको गुप्ताको आरोप छ । उनले भने “हेडसरले लात, मुक्का, झापड सबैले हान्न थाल्नुभयो, जेनतेन भागेर जोगिए ।”

शिक्षकको कुटाईबाट १६ बर्षिय बिद्यार्थी आकाशको आँखा, कान, छाती, हातको औला लगायतमा चोटपटक लागेको छ । उनको बिद्यालय पोशाक पनि च्यातिएको छ । अहिले उहा बिद्यालय जान सक्ने अवश्थामा छैनन् । 

आकाशका ठूलो बुवा सर्जुन प्रसाद गुप्ताले शिक्षकले यस अघि पनि भतिजालाई कुटपिट गरे पनि सहेर बसेको तर अब कानूनी उपचारमा जाने बताए । “यो भन्दा पहिला पनि कुटेको रहेछन्, बिद्यालयमा बिद्यार्थीलाई अनुशासनमा राख्नलाई होला भनेर केही नबोली बस्यौ ।” उनले भने “तर पटक पटक तथा रक्ताम्य हुने गरि नै कुट्न थाले पछि अब कानूनी उपचारमा जानेछौं ।”

सर्जुनले रोहिणी गाउँपालिकाको शिक्षा शाखामा उजुरी दिएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले यस बिषयमा कार्यवाही अगाडी बढाईएको बताए । “हामीले सम्बन्धित शिक्षकलाई स्पष्टिकरण सोधेका छौं ।” घिमिरेले भने “यस बिषयमा कुनै सम्झौता नगरि कार्यवाही अगाडी बढाउने छौं ।” 

यस बिषयमा बुझ्दा मोडेल गोल्डेन फ्यूचर ईङलिस स्कूलका प्रधानअध्यापक शम्भु यादवले भने आफुले कुनै कुटपिट नगरेको बताए । उनले कुटपिटबाट नभई आफुले लगाएको घडीबाट बिद्यार्थीलाई चोट लागेको दावी गरे । शिक्षक यादवले बिद्यार्थी आकाश गुप्ताले आफ्नो शर्टको कलर समातेको र सोही छुट्याउने क्रममा चोट लागेको हुन सक्ने बताए । “घाम लागेको कारण ज्याकेट फुकाल भन्दा उनि आक्रमक भएका हुन् ।” शिक्षक यादवले भने 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार