मुख्य समाचार
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी | अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने |

टी–१० क्रिकेटः एशियन बुद्ध फाइनलमा

Ujyalosandeshonline 10781+ समाचार ( )
११ असार २०८२, बुधवार

भैरहवा । भैरहवामा जारी जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’मा एशियन बुद्ध फाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल भएका थिए । एशियन बुद्धले न्यु होराइजन ३४ रनले पराजित गर्दै फाइलन यात्रा पक्का गरेको हो । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितरे ब्याटिङ गरेको एशियन बुद्धले निर्धारित खेलमा ७ विकेट गुमाएर १ सय २१ रनको बलियो लक्ष्य खडा गर्यो । जवाफमा होराइजनले ६ विकेट गुमाएर ८७ रन मात्रै बनायो र हार व्यहोर्यो । खेलमा ७० रन बनाउनुका साथै १ विकेट लिएका एशियन बुद्धका देव खनाल प्लेयर अफ द म्याच भए । 

यस्तै, अर्को खेलमा तिरुपति क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्लबलाई ८ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले ८ विकेट गुमाएर ७५ रन बनायो । प्रतिउत्तरमा तिरुपतिले २ विकेट गुमाएर ७६ रन बनाउँदै जित निकाल्यो र सेमिफाइनल प्रवेश गर्यो । खेलमा ४१ रन र १ विकेट लिएका तिरुपतिका बसिर अहमद प्लेयर अफ द म्याच बने ।

यस्तै, अर्को खेलमा प्रोफेनल मास्टर्स–११ ले टीम रेस्पोन्स लुम्बिनीलाई ५१ रनले पराजित गर्दै सेमिफाइनल पुगेको छ । टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ४ विकेट गुमाएर १ सय १ रन बनायो । जवाफी ब्याटिङ गरेको टीम रेस्पोन्सले अलआउट हुँदै जम्मा ५० रन बनायो । खेलमा प्रोफेनलका ३ विकेट र ७ रन प्रहार गरेका सुरज खड्का प्लेयर अफ द म्याच बने ।

प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा संचालित प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार प्रदान गरिने छ । आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ । 

यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा भैरहवाको एशियन बुद्ध होटल रहेको छ । शुक्रबार तिरुपति र प्रोफेसनल फाइनल प्रवेशका लागि सेमिफाइनलमा भिड्ने छन् । यो प्रतिस्पर्धाबाट विजेतासँग एशियन बुद्धले उपाधिका लागि प्रस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार