मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

गठबन्धनलाई जवाफ २०८४ मा : ओली

Ujyalosandeshonline 11467+ समाचार ( )
२० माघ २०८०, शनिबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जवाफ दिन २०८४ को निर्वाचनको प्रतीक्षा रहेको बताएका छन् ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको युवा महोत्सव–२०८० को शनिबार उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । हरेक परिवर्तनका लागि एउटा निर्वाचन पर्याप्त हुने उनले बताए ।

उनले भने, ‘गठबन्धन, माकुराका कतिवटा ८ वटा खुट्टा हुन्छन्, यिनीहरुका पनि त्यस्तै छन् । हामीले अधिनायकवाद, तानाशाह, राजतन्त्र, पञ्चायत सबै फ्याक्यांै भने यो जोडजाम गरेर बनाएको गठबन्धन कुनै ठूलो कुरै होइन । एउटा चुनाव सधैंका लागि यस्ता गठबन्धनका संस्कृति, कुसंस्कृतिहरु अन्त्य गर्नका लागि काफी छ । त्यसैले हामीले भनेका छौ मिसन ८४, यसले यो सबै समस्याको एकैपटक दबाई गर्छ । गठबन्धन जस्तो क्यान्सरको मेजर अप्रेसन ८४ मा गरिँदै छ ।’

उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै रेमिट्यान्स माथिको निर्भरता उचित नभएको भनाइ राखे । रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धरासय अरु केही नभएको भन्दै उनले गठबन्धन सरकार मुलुकको दिगो विकास सुदृढीकरणतर्फ नभइ रेमिट्यान्सतर्फ अगाडि बढेको बताए ।

उनले भने, ‘देशको समस्या भनेको युवाहरु बाहिरिने क्रम बढ्दै गएको छ । अहिलेको गठबन्धन सरकार रेमिट्यान्स आइरहेको छ भनेर खुसी भइरहेका छन्, तर रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धराशय अरु केही पनि हुँदैन । संयुक्त राष्ट्र संघले दिगो विकासको लक्ष्य तोकेको छ, हामी सबैभन्दा अभरपर्दो रेमिट्यान्स अर्थतन्त्रतर्फ जाँदै छौ । दिगो विकासको लक्ष्य होइन्, आफ्नो उत्पादन बढाएर सुदृढ हुने होइन, रेमिट्यान्सतर्फ जाँदै छांै ।’

नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्ने ठाउँमा शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको आरोप पनि उनले लगाए ।

उनले भने, ‘हाम्रा शासनमा हुनेहरु खासगरि गठबन्धनमा हुनेहरुको नीति नै गलत छ । नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्ने यहाँ शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको छ । आज शिक्षाको लागि बाहिर जानपर्ने अवस्था छ, यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ । समस्याहरु छ तर समाधान पनि छन् । कुनै पनि देश अरु आएर बनाउँदैन, आफैंले बनाउनु पर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार