मुख्य समाचार
सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने |

पाँचसय जना श्रामणेरलाई प्रमाणपत्र प्रदान गर्दै प्रबज्या कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11519+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न भएको छ । मायादेवी मन्दिर परिसरमा पाँचसय जनालाई बौद्ध धर्मगुरुहरुबाट चीवर दान गरी सुुरु भएको क्लपुत्र प्रबज्या ५ सय नवश्रामणेरलाई प्रमाणपत्र प्रदान गर्दै सम्पन्न गरिएको हो ।

थाईल्याण्डको धम्मकाय फाउण्डेशनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा सम्पन्न भएको हो ।प्रबज्या समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले भिक्षु प्रबज्या कार्यक्रमले बौद्ध संस्कृतिको संरक्षण र संवद्र्धन गर्न मात्र नभइ विश्वलाई शान्ति र अहिंसाको सन्देश दिन सहयोग पुगेको बताए ।

उनले नयाँ भिक्षुहरुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेष गरी युवा पुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रबज्या कार्यक्रम महत्वपूर्ण रहेको बताए ।  भगवान गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै शान्तिका लागि बुद्धको सन्देश विश्वभर लैजान विश्व समुुदायलाई आग्रह समेत गरे ।

यसअघि लुम्बिनी परिसरमा भिक्षाटन र लुम्बिनीमा ७ हजार दीप प्रज्वलन, देवदह, बुटवल र रामग्रामदेखि लुम्बिनी धम्मयात्रा सम्पन्न भएको छ भने शनिबार बेलुुकी भैरहवामा धम्मयात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । व्यवहारिक, वैज्ञानिक ज्ञान, ध्यान र मैत्री, करुणा बढाउने साधना सिकाउने प्रबज्यामा भिक्षु बन्न इच्छुक व्यक्तिहरु निःशुल्क सहभागी भएका थिए । सन् २०११ मा १ हजार जना, २०१५ मा १ हजार १ सय १२ जना, सन् २०१९ मा १ हजार १ सय १९ जना, सन् २०२३ मा ५ सय र सन् २०२४ मा १ हजार २ सय ५० जनालाई प्रव्रज्या गराइएको थियो भने यसवर्ष ५ सय जनालाई प्रव्रज्या गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार