मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

एमाले सिद्धार्थनगरले तीनमहिने अभियान सञ्चालन गर्ने

Ujyalosandeshonline 11768+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीको प्रथम पूर्ण बैठकले तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । भैरहवामा बसेको बैठकले तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए ।

नगर अध्यक्ष थापाका अनुसार अभियान अन्तर्गत तीन महिनाभित्र सिद्धार्थनगरमा पार्टी सदस्य वृद्धि गर्ने, प्रशिक्षण कार्यक्रम, पार्टी छोडेकालाई घर फर्काउने कार्यक्रम गर्ने र पार्टी प्रवेश कार्यक्रम सञ्चालन हुनेछ ।

बैठकले नगरका १३ वटै वडामा टोल कमिटीहरु गठन निर्णय गरेको उनले बताए । त्यस्तै १४ सदस्यीय सचिवालय बनाइएको छ । सचिवालय सदस्यहरुमा अध्यक्ष चक्र बहादुर थापा, उपाध्यक्ष माया कंडेल, सचिव उमेश थापा लाटोमगर, उपसचिव सरोज ठकुरी र इन्दिरा देवी क्षेत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा चेत बहादुर क्षेत्री, मोहम्मद अकिल मुसलमान, निशा भट्टराई, विष्णु भट्टराई, लक्ष्मी खनाल, भोला कोइरी, केदारमान राजभण्डारी, सतिश मर्सानी र प्रभा पौडेल रहेका छन् । बैठकले पार्टी निकट तीनवटा भातृ संगठनको जिम्मेवारी बांडफांड गरेको छ । 

जसअन्तर्गत राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरको इञ्चार्जमा दीपक न्यौपाने, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इञ्चार्जमा सागर न्यौपाने र अखिल नेपाल महिला संघ (अनेमसंघ) को इञ्चार्जमा लता पोखरेललाई जिम्मेवारी दिइएको छ । बैठकले एमाले दोस्रो नगर अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज खिमलाल भट्टराईले एमाले नेतृत्वको सरकारले विकासका कार्यहरुलाई अघि बढाएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएपछि उत्साह थपिएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले विमानस्थल सञ्चालनप्रति अग्रसरता देखाएको दावी गरे । 

पार्टीको सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष माया कंडेलको स्वागत तथा सचिव उमेश थापा लाटोमगरको सञ्चालनमा भएको बैठकमा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेल, लुम्बिनी प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारी, नेताहरु राजेन्द्र प्रसाद पन्थी, विश्वराल बराल (अनुप), रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, उपाध्यक्ष हितराज पन्थी, जिल्ला सचिवालय सदस्य उमा अधिकारी लगायतले पार्टीलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । उनीहरुले मिसन–८४ लाई केन्द्रीत गर्दै अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार