मुख्य समाचार
बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना | नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित | पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित | भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न | रसुवा बाढीपीडितका लागि राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा १ लाख ८१ हजार सहयोग | उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह | रैथाने बाली सङ्कटमा | पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह | मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण | देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन |

गठबन्धन पाँच बर्ष सम्म टिक्छ : परराष्ट्र मन्त्री एनपी साउद

Ujyalosandeshonline 12389+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

भैरहवा । नेपाली कांगे्रसका केन्द्रिय सदस्य एवम नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले गठबन्धन पाँच बर्ष सम्म टिक्ने बताएका छन् । नेपाली कांगे्रस क्षेत्रिय कार्य समिति, क्षेत्र नम्बर ३ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले प्रजातन्त्र रक्षाको लागि गठबन्धनको आवश्यकता औल्याएका हुन्  ।

“जनताबाट अनुमोदित गठबन्धन भएको हुनाले मन्त्रीको हेरफेर हुन सक्छ, उचित सहमतिको आधारमा प्रधानमन्त्रीको पनि हेरफेर हुन सक्छ, तर हामीले गठबन्धन पाँच बर्षका लागि चलाउनुपर्छ ।” उनले भने “प्रजातन्त्र रक्षाको लागि, पार्टीका लागि, राष्ट्रका लागि, राष्ट्रमा स्थिरताको लागि यो आवश्यक छ, उपयुक्त छ ।”

फरक प्रसंगमा बोल्दै मन्त्री साउदले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनको लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले भारतबाट हुन सक्ने सहयोगको लागि बिभिन्न भ्रमणको बेला गम्भिर रुपमा कुराहरु राखेको बताए ।  उनले बिमानस्थल चाडो भन्दा चाडो सञ्चालन गर्नको लागि यसको मोडलको बारेमा चर्चा भईरहेको जनाए ।  

उनले सिमराको रुट अत्यन्त ब्यस्त भएको कारण भारतसँग थप रुटको बिषयमा कुरा भईरहेको बताए ।  साना बिमानको लागि रुट पाईएपनि बोइङ लगायतको रुटको लागि सरकार लागि परेको उनले स्पष्ट पारे । 

क्षेत्रिय सभापति शुसिल गुरुङ्गको अध्यक्षता एवम क्षेत्रिय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, कांग्रेस नेतृ जन्नतुन निशा धुनिया लगायतले बोलेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार