मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

पाठेघरको क्यान्सरबिरुद्धको १५ दिने एचपीभी खोप अभियानको छैठौं दिन १० लाख लाई खोप

Ujyalosandeshonline 12548+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरुको जीवनरक्षा गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरु गरेको एचपीभी खोप अभियान छैठौं दिनसम्म आइपुदा १० लाख किशोरीले खोप प्राप्त गरेका छन् । 

दुई साता लामो अभियानका क्रममा १७ लाख किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखिएको थियो । तर, छोटो अवधिमै अभियानले प्रगति हासिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचारसँगै लाग्न नदिन सजगताका उपाय अपनाउने नीतिअन्र्तगत शुरु अभियानले राम्रो गति लिइरहेको भन्दै स्वास्थ्यकर्मीहरुप्रति आभार प्रकट गरेका छन् । 

‘क्यान्सरको जोखिम कम गर्न निरोधात्मक अन्र्तगत किशोरीहरुको जीवनरक्षाको यो पवित्र अभियानलाई यति महत्वपूर्ण उचाइमा ल्याइपुर्याउन साथ दिनुहुने स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेवीका, सञ्चारमाध्यमलगायत सम्बद्ध सबैलाई हार्दिक आभार,’मन्त्री पौडेलले भनेका छन् ।  

मन्त्री पौडेलले अबको बाँकी दिन खोपबाट छुटेका तथा विद्यालयबाहिर रहेका किशोरीहरु खोप लगाउन नछुटुन् भन्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रीत रहने उल्लेख गर्दै आफ्नो वरपरका छुटेकाहरुलाई खोप लगाउने कार्यमा पनि तपाईंको सकारात्मक सहयोग अपेक्षा गरेको उल्लेख गरेका छन् । विश्व क्यान्सर दिवसको दिन गत माघ २२ गतेबाट शुरु गरिएको अभियान फागुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप दिइएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार