मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन वरिष्ठ नेता साहको आग्रह

Ujyalosandeshonline 12547+ समाचार ( )
६ माघ २०८२, सोमबार

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले  देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गर्नुभएको छ । रास्वपाद्वारा आज यहाँ आयोजित परिर्वतन उद्घोषसभामा उहाँले आफ्नो पार्टीलाई बहुमतले विजयी गराई मधेस र देशको सेवा गर्ने अवसर दिन अपिल गर्नुभएको हो । वरिष्ठ नेता साहले आफूहरूलाई प्रतिनिधिसभामा विजयी गराएमा देशले ठूलो उपलब्धि हासिल गर्ने दाबी गर्नुभयो ।

उहाँले आफ्नो पार्टीको सरकार बनेमा नागरिकले आफ्नो अधिकार आफ्नै प्रदेशमा पाउन थप बलियो आधार बन्ने धारणा राख्नुभयो । “म काम गर्ने मानिस हँु, मलाई काम गर्ने मौका दिनुस् । काठमाडाँै महानगर प्रमुख हुँदा गरेका राम्रा कामबारे यहाँहरूले थाहा पाउनुभएको नै छ । प्रतिनिधिसभामा हाम्रो पार्टीलाई निर्वाचन गरेमा मधेसमा पनि काम गर्ने छु यो मेरो प्रतिज्ञा हो”, नेता साहले भन्नुभयो । 

उहाँले मधेस प्रदेश राजधानी जनकपुर ऐतिहासिक तथा धार्मिकस्थल भए पनि यहाँको विकास नदेखेर आफू अत्यन्त चिन्तित तथा दुःखी भएको बताउनुभयो । “यो ऐतिहासिक भूमि हो, तर सरसफाइको अभावमा जनकपुर प्रदूषित हँुदै गएको छ । पर्याप्त विकास नहुँदा पर्यटकलाई कठिन भइरहेको छ”, साहले भन्नुभयो,“म र मेरो पार्टीले जितेमा यहाँको विकासका साथै प्रदेशका जनताले आफ्नो अधिकारका लागि काठमाडौँ जाने बाध्यात्मक परिस्थितिलाई हटाउन लाग्ने छु । हाम्रो सरकार बनेमा प्रदेशलाई अझै बलियो, सशक्त तथा प्रभावकारी बनाउन लाग्ने छौँ ।”वरिष्ठ नेता साहले आफू मधेसकै बासिन्दा भएकाले यहाँको विकासका लागि सम्पूर्ण ध्यान लगाउने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार