मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

दश प्रतिशत निशुल्क दिने सेवालाई निजी अस्पतालले कार्यान्वयन गर्नुपर्छ : मन्त्री खनाल

Ujyalosandeshonline 12456+ समाचार ( )
२७ फाल्गुन २०८०, आइतबार

भैरहवा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले निजी अस्पतालले प्रदान गर्नुपर्ने दश प्रतिशत निशुल्क सेवालाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।  

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल (युसीएमएस) भैरहवाले सुरु गरेको लुम्बिनी प्रदेशमा नै पहिलोपटक थ्री टेस्ला एमआरआई सेवाको शुभारम्भ गर्दै मन्त्री खनालले कानूनी प्रावधान अनुसार निजी अस्पतालहरूले दिने १०  प्रतिशत निशुल्क सेवा लुम्बिनी प्रदेशमै पहिलो सेवा भएको भन्दै सेवा प्रभावकारी रुपमा अघि बढाउनका लागि निजी अस्पतालहरुलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएका हुन । उनले निशुल्क सेवालाई प्रभावकारी बनाउँदै कोही पनि उपचारको अभावमा समस्यामा पर्ने समस्याको अन्त्य हुनुपर्ने बताएका थिए ।  

१८ करोडको लगानीमा २०५४ सालमा निजीस्तरबाट स्थापना भएको शिक्षण अस्पतालले जनतालाई राम्रो सेवा दिएको भन्दै मन्त्री खनालले सरकारी संरचनाले मात्रै स्वास्थ्य सेवा पुर्याउन नसकिने भएकाले जनतालाई सहज रुपमा प्रभावकारी सेवा पु¥याउनका लागि निजी अस्पतालले पनि सहयोग आवश्यक रहेको बताउनुभएको हो । मन्त्री खनालले उपचार सेवासँगै दक्ष जनशक्ति उत्पादनमा शिक्षण अस्पतालले सहयोग गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । 

सरकारले आधारभूत स्वास्थ्य सेवा निशुल्क भनेपनि जनशक्ति र सुविधाको कमिले गर्दा अहिले पनि दुर्गम क्षेत्रमा जनतालाई सेवा पु¥याउन नसकिएको भन्दै मन्त्री खनालले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सवैले ध्यानदिनुपर्ने बताए । मन्त्री खनालले भने,‘सरकारले निशुल्क आधारभूत स्वास्थ्य सेवा दिने भनेपनि मुलुकको कमजोर आर्थिक अवस्थाका कारण सेवा पु¥याउन समस्या छ । त्यस्ता ठाउँमा सेवा पु¥याउनका लागि सरकार र निजी क्षेत्रका विचमा सहकार्य आवश्यक छ ।’ छात्रवृतिमा पढेकाहरुलाई उक्त ठाउँमा पठाउनुपर्ने बताएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार